कविराज खनाल
पोखरा , ४ भाद्र ।
राधाकृष्ण सांस्कृतिक समुह, पोखरा–३२ द्वारा आयोजित ७ औ खुल्ला भजन चुड्का प्रतियोगितामा शिशुवा सत्संग भजन समुह, पोखरा–२९ ले प्रथम स्थान हासिल गरेको छ ।
श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा आयोजित प्रतियोगिताको द्वितीय स्थान माछापुच्छ«े भजन समुह हेमजा, पोखरा–२५ले प्राप्त ग¥यो भने पञ्चासे भजन समुह पोखरा–२४ ले तृतीय स्थान हासिल ग¥यो । प्रतियोगिताको सान्त्वना स्थानमा काम धेनु कृषि महिला भजन समुह, हेमजा, पोखरा–२५ ले हासिल ग¥यो । प्रतियोगिताका विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ४० हजार, ३० हजार, २० हजार १० हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।
प्राियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले धर्म कर्म संस्कृति हराई रहेको वेला राधाकृष्ण सास्कृति समुहले मौलिकता युक्त प्राचीन संस्कृतिको जगेर्ना गरेको औल्याउदै लोक सस्कृति, धर्म परम्परा जोगाउन हामी सबैको दायित्व भएको बताउनुभयो ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले धर्म संस्कृति हाम्रा सम्पत्ति भएको बताउँदै यिनीहरूको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले प्रदेशमा विद्यमान कला संस्कृतिको जगेर्नाका लागि प्रतिष्ठानले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष विश्वभुषण खनालले समूहका तर्फबाट प्राचीन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ वर्षेनी श्रीकृष्ण जन्माष्टमीका अवसरमा कार्यक्रम गर्दै आइएको बताउनुभयो । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, भोलाप्रसाद भण्डारी, सञ्जय ढकाल लगायतले लोपोन्मुख संस्कृतिको जगेर्नाका लागि सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।
प्रतियोगितामा कुल ११ वटा समूहले भाग लिएको समूहका सचिव पुष्पराज शर्मा पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा नेवार, गुरुङ र मगर समूदायका कलाकारले अप्रतियोगिका रुपमा आ आफ्ना जातजातीका संस्कृति झल्ने प्रस्तुती देखाएका थिए ।–––
Discussion about this post