• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीलाई हटाउन भुपु सैनिक संघको माग

Ramsharan Nepali by Ramsharan Nepali
August 19, 2022
in समाचार, स्थानीय
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १ भदौ । भुपु सैनीक संघ कास्कीले आफ्नो स्वामित्वमा रहेको जग्गामा बसोबास गर्दै आएका सुकुम्बासी एवं अव्यवस्थीत बसोबासीलाई हटाईदिन प्रदेश सरकारसमक्ष माग गरेको छ ।

संघले पोखरा महानगरपालीका वडा नं. १० अमरसिंह नागीन टोलमा रहेको आफ्नो स्वामीत्वमा रहेको जग्गामा सुकुम्बासी एवं अब्यबस्थीत बसोबासीहरुले अतिक्रमण गरेकाले उनीहरुलाई निश्चित विकल्प दिएर हटाईदिनका लागी प्रदेश सरकार एवं महानगरसमक्ष आग्रह गरेको हो ।

कुल २० रोपनी १ आना १ पैसा ३ दाम क्षेत्रफल रहेको उक्त जग्गा २०४६/०२/०१ मा मन्त्रिपरिषदबाट निर्णय भई २०४९/०२/०१ मा संघको स्वामित्वमा आएको र हाल संस्थाको योजना अनुसारका संरचना निर्माण गर्ने क्रममा अवरोध पुग्न गएकाले अवरोध हटाईदिन आग्रअ गरेको हो ।

उक्त जग्गामा २०४६ सालमा तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीले संघको कार्यालय भवन शिलान्यास गरी २०४७ सालमा तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालले उद्घाटन समेत गरेका थिए । उक्त कार्यालय भवन समेत अहिले सुकुम्बासी एवं अब्यबस्थीत बसोबासीहरुले कब्जा गरेको संघका अध्यक्ष खम्बसिंग गुरुङले वताएका छन ।

अवरोध हटाईदिन आग्रह गर्दै गण्डकी प्रदेशका प्रमुख, मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी, महानगरपालिकाका मेयर, भुमिहिन आयोग लगायतका निकायमा पुगेको र हालसम्म कुनै सुनुवाई नभएको अध्यक्ष गुरुङले वताए ।

उनले वार्षिक २ लाख १७ हजार तिरो समेत तिर्दै आएको संघको स्वामित्वमा रहेको जग्गा खाली गरिदिन आग्रह गर्दै पटक पटक जाँदा अवरोध सिर्जना गरिएको त्तकालीन अध्यक्ष मेजर दिपक बहादुर गुरुङलाई कालोमोसो समेत लगाईएको वताए ।

संघले उक्त जग्गामा भारतीय राजदुतावास मार्फत भारत सरकार भुपु सैनिक कल्याणकारी कोषबाट २० करोड समेत उपलब्ध भएको र अतिक्रमणकारीहरुको अवरोधका कारण निर्माण कार्य हुन नसकेको वताएको छ । हाल संघले उक्त स्थानमा संघ अन्र्तगतका विभिन्न भातृसंस्थाहरुको कार्यलय समेत रहने गरी बहुयद्धेश्यीय भवन निर्माण गर्ने लक्ष्य लिएको संघका सल्लाहकार नन्द बहादुर गुरुङले वताए ।

आफ्नो माग सुनुवाई गरिदिन आग्रह गर्दै संघले यहि साउन २७ गतेमात्रै जिल्ला स्थित विभिन्न राजनितिक दल एवं संघसंस्थाका नेता एवं प्रतिनिधिहरुलाई बोलाएर आफ्ना मागहरु राखेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका सांसद मान ब. गुरुङ, नेपाली काँग्रेसका क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने, नेकपा समाजवादीका सांसद चुडामणी जंगली, नेकपा समाजवादी गण्डकी प्रदेशका ईञ्चार्ज पाईलट कर्णेल मदन केसी, गोर्खा कम्यूनिटि कास्कीका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङ, गोर्खा ब्रिगेट नेपालका ईञ्चार्ज कर्णेल कृष्ण बहादुर खत्री लगायतले सुकुम्बासी एवं अव्यवस्थीत बसोबासीलाई निश्चित विकल्प दिएर व्यवस्थापन गरिनुपर्नेमा जोड दिएका थिए ।

Previous Post

आफुभन्दा कम भाग्यमानीलाई सहयोग गरौ : कानुनमन्त्री थापा

Next Post

लिटल फ्लावर एजुकेशनल एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

Next Post
लिटल फ्लावर एजुकेशनल एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

लिटल फ्लावर एजुकेशनल एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?