लेखनाथ, २९ साउन । पोखरामा शनिवार एक दिने शेयर बजार सम्वन्धि तालिम सम्पन्न भएको छ । लेखनाथ जेसिसको आयोजनामा पोखराको तालचोकमा शेयर बजारका अग्रज तथा अनुभवि लगानीकर्ता सुवास चन्द्र भट्टराईले तालिम दिएका हुन । उक्त तालिममा शेयर बजारमा लागेका ९० जना लगानीकर्ताको सहभागिता रहेको आयोजक लेखनाथ जेसिसका अध्यक्ष सुजन न्यौपानेले जानकारी दिए ।
हाल शेयर बजार घटिरहेको अवस्थामा लगानीकर्तामा निराशा छाएको बेला भौतिक रुपमा सहभागि भै सिक्न पाउँदा आफुहरु लाभान्वित भएको सहभागि राजन कुमालले बताए । अर्का सहभागि सबिता बरालले देशव्यापी तालिम दिदै आउनु भएको प्रशिक्षक सुवास चन्द्र भट्टराईसँग तालिम लिने धोको थियो र अवसर मिलाइ दिएकोमा आयोजक प्रति खुशि व्यक्त गर्दै धेरै आधारभूत तथा प्राविधिक कुरा सिकेको बताइन । कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरीले गरेका थिए ।
Discussion about this post