• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सामुदायिक बन दिवसको अवसरमा मैदिपाखो बनमा वृक्षारोपण

Ramsharan Nepali by Ramsharan Nepali
August 11, 2022
in समाचार, स्थानीय
0
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २५ साउन । सातौं राष्ट्रिय सामुदायिक बन दिवसको अवसरमा पोखराका ३ वडालाई समेटेको मैदिपाखो सामुदायिक वनमा पहिरो गएको स्थानमा बुधबार वृक्षारोपण गरिएको छ ।

२०७६ भदौ २३ गे गएको पहिरोमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको समन्वय एवं मैदिपाखो सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा बाँस, तेजपात, अमला लगायतका ४ सयभन्दा बढी विरुवा रोपिएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य एवमं प्रचार विभाग प्रमुख हरिप्रसाद बास्तोलाले तेजपातको विरुवा रोपेर कार्यक्रम सुरुआत गरे । उनले रोपिएका विरुवाको संरक्षण गर्नु सबैको दायित्व भएको औंल्याए । सामुदायिक वनबाट प्राकृतिक स्रोत काठलाई मात्र आम्दानीको स्रोतका रुपमा हेर्न नहुने बताउँदै उनले काठको विकल्प रुपमा सम्भाव्यता अध्ययनका आधारमा कृषि उत्पादनसँगै पर्यापर्यटनको विकास गरेर थप आयअर्जन गर्ने तर्फ लाग्नुपर्नेमा जोड दिए ।

सामुदायिक वनको संस्थागत सुदृढीकरण, पारदर्शिता र प्रभावकारी रुपमा सञ्चालन गर्ने र अगुमन, नियमन र सहजीकरण स्थानीय सरकारले गर्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने हो भने वन विकासमा थप जोड पुग्ने विश्वास उनको छ ।

कार्यक्रममा पोखरा २८ का वडा सदस्य वीरेन्द्र भण्डारीले वन संरक्षण गर्दै बनबाट उत्पादन पनि लिनसक्नुपर्ने वताउँदै सामुदायिक वनको विकास र थप उपयोगका लागि वडा स्तरबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्की अध्यक्ष विश्वनाथ लामिछानेले सिन्धुपाल्चोकको ठोकर्पा सामुदायिक वनबाट २०३० साल साउन २५ सुरु भएको दिनलाई लोकतान्त्रिक सरकारले सामुदायिक वन दिवसका रुपमा मनाउन सुरु गरेको जानकारी दिए ।

समूहका अध्यक्ष भोलानाथ त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन महासंघ गण्डकी प्रदेश सचिवालय सदस्य दिनेश श्रेष्ठ र मैदापोखो सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष भरतराज न्यौपाने लगायतले वनको विकास र उपभोक्ताले पु¥याएको योगदानका बारेमा प्रकाश पारेका थिए ।

पोखरा २८, २९ र ३० पर्ने ५२ हेक्टर क्षेत्रफल पैmलिएको सो सामुदायिक वन समूहमा १ हजार २ सय उपभोक्ता आवद्ध छन् ।

Previous Post

बिमा रत्नबाट विक्रम उदास सम्मानित

Next Post

भण्डारढिकको दीपशिखा पुस्तकालयमा अन्तरक्रिया

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
भण्डारढिकको दीपशिखा पुस्तकालयमा अन्तरक्रिया

भण्डारढिकको दीपशिखा पुस्तकालयमा अन्तरक्रिया

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?