• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

‘सर्वाधिक उच्च ब्याजदर सहितको मुद्दति योजना ल्याएका छौं’

दीपेन्द्र शर्मा, गण्डकी प्रदेश प्रमुख, एन आई सी एशिया बैंक

Lekhnath Khabar by Lekhnath Khabar
July 11, 2022
in अर्थ खबर
0
0
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter

सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दीर्घकालीन रणनीतिलाई आत्मसात गर्दै एन आई सी एशिया बैंकले आम जनमानसको बैंकिङ आवश्यकता, चाहना र अपेक्षाको समुचित पहिचान एवं बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गर्दै मुलुकभर सर्वाधिक धेरै शाखा सञ्जाल पुर्‍याएको छ । बैंकले गण्डकी प्रदेशमा ३२ शाखा कार्यालयहरू, ४७ एटिएम, ७ एक्स्टेन्सन काउण्टर एवं १० वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा दिइरहेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल मन्त्रका साथ अघि बढिरहेको यस बैंकले देशको दुरदराजमा रहेका लाखौं ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको छ । बैंकले २०७९ असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टास ग्राहक लक्षित गरि ल्याइएका छन् । योजनाको बारेमा बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्मासँग गरिएको कुराकानीको संपादित अंश ।

तपाईं एन आई सी एशिया बैंकको प्रदेश प्रमुख हुनुहुन्छ, यस प्रदेशमा एन आई सी एशिया बैंककाे बैंकिङ पहुँच कस्तो छ ?
एन आई सी एशिया बैंकले शाखा कार्यालय तथा विस्तारित काउन्टरमार्फत देशका कुना-कुनामा पुगेर बैंकिङ सेवा दिइरहेको छ । नेपालको सुगम शहरदेखि दुर्गम गाउँसम्म एन आई सी एशिया बैंकको शाखा कार्यालयहरूको बलियो उपस्थिति रहेको यहाँलाई अवगत नै छ । आजको दिनमा एन आई सी एशिया बैंकले नेपालको आर्थिकरुपले सक्रिय जनसंख्याको ३० प्रतिशतभन्दा बढी जनसंख्यालाई बैंकिङ सेवा दिइरहेको छ ।

हाम्रा ग्राहक महानुभावहरूको विश्वास र भरोसाले गर्दा नै आज एन आई सी एशिया बैंक मुलुकभर सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ । तपाईंलाई पनि थाहा छ नि एन आई सी एशिया बैंक विभिन्न वित्तीय तथा गैर वित्तीय सूचांकहरूमा १ नम्बरमा छ । बैंकका देशैभरी ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रवाह गरिरहेको छ । आज ३३ लाखभन्दा बढी ग्राहकलाई बैंकले वित्तीय समावेशीकरणका अन्तर्गत मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी देशभरका ७३ जिल्लामा अतुलनिय सेवा दिँदै आइरहेको छ ।

हामीले गण्डकी प्रदेशमा ३२ शाखा तथा ७ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याइसकेका छौं । यसबाट पक्कै पनि ग्रामीण क्षेत्रसम्म बैंक पुग्न सकेकाले स्थानीय उद्यमी, व्यवसायी, व्यापारीहरू र सर्वसाधारण जनतालाई ठूलो राहत मिलेको हामीले अनुभूति गरेका छौं । हामी यसलाई अझै सहज बनाउदै डिजिटल माध्यमबाट सबैको हात हातमा बैंकिङ सेवा पुर्‍याउने अभियानमा लागेका छौं । प्रदेशको आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा टेवा पुर्‍याउने हेतुले कृषि क्षेत्र, साना उद्यम कर्जा, उद्योग र व्यापारमै कर्जा लगानी गरेका छौं । यस प्रदेशमा हाल ३२ शाखा कार्यालयहरू, ४७ एटिएम, ७ एक्स्टेन्सन काउण्टर एवं १० वटा शाखारहित बैंकिङमार्फत २ लाख ८० हजार भन्दा बढी ग्राहक महानुभावहरूलाई सेवा दिइरहेका छौं ।

बैंकले हालै ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सम्बन्धी नयाँ योजना सार्वजनिक गरेको छ । यो कस्तो खालको खाता हो ?

एन आई सी एशिया बैंकले नेपाली बैंकिङ क्षेत्रमै पहिलो पटक निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदरसहितको नवीनतम ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ता महानुभावहरुले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनुहुनेछ । यस मुद्दती योजनामा तीन प्रकारका ग्राहकहरु सहभागी हुनसक्नुहुनेछ ।

आम जनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको शुक्ष्म अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तररुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेअनुरुप बैंकले यस अघि लिएर आएको निक्षेप खाताहरूमा पाइने फाइदा भन्दा अझ बढी फाइदाहरु रहेको मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ बैंकले ल्याएको छ ।

यस मुद्दती योजनाअन्तर्गत ३ प्रकारका ग्राहकहरु समावेश हुनसक्ने बताउनुभयो । व्यक्तिगत निक्षेप योजनाबारे विस्तृतमा बताइ दिनु हुन्छ कि ?

हो यो सहि हो । यस मुद्दती योजनामा व्यक्तिगत, संस्थागत र रेमिट्यान्स वर्गका ग्राहकमहानुभावहरुले मुद्दती निक्षेप खाता सञ्चालन गर्न सक्नुहुनेछ । जसअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताहरुले ६ वर्ष ४ महिना २५ दिनमा निक्षेप रकमको डवल रकम फिर्ता पाउनेदेखि २१ वर्ष ७ महिना १७ दिनमा निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने आकर्षक योजना छ । यसअन्तर्गत जस्तै तपाईंले रु. १ लाखको एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना खाता खोल्नु भयो भने ६ वर्ष ४ महिनामा डवल अर्थात रु. २ लाख निक्षेप रकम फिर्ता पाउनुहुनेछ । साथै यहि १ लाख निक्षेपमै तपाईंले २१ वर्ष ७ महिनामा निक्षेपको १० गुणा अर्थात् रु. १० लाख निक्षेप रकम फिर्ता पाउनुहुनेछ ।

व्यक्तिगत निक्षेपकर्ताहरुले १० वर्ष २ महिना १४ दिनमा ३ गुणा, १२ वर्ष ११ महिना २ दिनमा ४ गुणा, १५ वर्ष १३ दिनमा ५ गुणा, १६ वर्ष ९ महिना ६ दिनमा ६ गुणा, १८ वर्ष २ महिना २४ दिनमा ७ गुणा, १९ वर्ष ६ महिना १ दिनमा ८ गुणा र २० वर्ष ७ महिना १५ दिनमा ९ गुणा निक्षेप रकम फिर्ता पाउनुहुनेछ ।

रेमिट्यान्स मुद्दती बचत योजनाको बारे पनि बताइदिनु हुन्छ कि ?

देशको अर्थतन्त्रमा मुख्य योगदान दिएको रेमिट्यान्सलाई सही सदुपयोगसँगै बचत गर्ने उद्देश्य अनुरुप हामीले ती तमाम विदेशमा काम गरी कमाएको धनको बचतमा उच्चतम प्रतिफल दिने उद्देश्यले १० गुणा रेमिट्यान्स मुद्दती योजना ल्याएका छौं । यसमा विदेशमा काम गर्ने व्यक्तिले पठाएको रेमिट्यान्स आम्दानी स्रोत भएको व्यक्तिले ५ वर्ष १० महिना १४ दिनमा निक्षेप रकमको डवल रकम फिर्तादेखि १९ वर्ष १० महिना २ दिनमा १० गुणा रकम फिर्तासम्मको योजना बैंकले ग्राहकहरु सामु लिएर आएको छ ।

रेमिट्यान्स १० X मुद्दती बचत योजनामा ९ वर्ष ४ महिना १० दिनमा ३ गुणा, ११ वर्ष १० महिना ७ दिनमा ४ गुणा, १३ वर्ष ९ महिना १५ दिनमा ५ गुणा, १५ वर्ष ४ महिना १७ दिनमा ६ गुणा, १६ वर्ष ८ महिना २१ दिनमा ७ गुणा, १७ वर्ष १० महिना २० दिनमा ८ गुणा र १८ वर्ष ११ महिना १ दिनमा ९ गुणासम्म निक्षेप रकम फिर्ता पाउनुहुनेछ ।

संघ-संस्थाहरुको निक्षेपमा नि १०X मुद्दती योजना ल्याउनु भएको छ कि ?

छ नि ! एन आई सी एशिया बैंकको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा हामीले संस्थागत निक्षेपकर्ताहरुको लागि पनि निक्षेप रकमको १० गुणासम्म रकम फिर्ता हुने योजना लिएर आएका छौं । यसअन्तर्गत संस्थागत निक्षेपकर्ताहरुले आफ्नो निक्षेप रकम ७ वर्ष २ महिना २७ दिनमा डबल हुनेदेखि २५ वर्ष ४ महिना २३ दिनमा १० गुणासम्म निक्षेप रकम फिर्ता हुने योजना समावेश गरेका छौं ।

१०X संस्थागत मुद्दती योजनामा तपाई निक्षेपकर्ताहरुले ११ वर्ष ८ महिना ९ दिनमा निक्षेप रकमको ३ गुणा, १४ वर्ष १० महिना २९ दिनमा ४ गुणा, १७ वर्ष ५ महिना ९ दिनमा ५ गुणा, १९ वर्ष ६ महिना ७ दिनमा ६ गुणा, २१ वर्ष ३ महिना १३ दिनमा ७ गुणा, २२ वर्ष ९ महिना २६ दिनमा ८ गुणा र २४ वर्ष २ महिना ५ दिनमा ९ गुणा सम्म रकम फिर्ता पाउनुहुनेछ ।

१०X मुद्दती योजनामा कर्जा योजना समावेश छ कि छैन ?

एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनामा व्यक्तिगत, संस्थागत एवं रेमिट्यान्स निक्षेपकर्ता महानुभावहरुले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जासमेत लिन सक्नुहुनेछ ।

यस्तो प्रकारको मुद्दती खाता त हरेक बैंकका छन् । ग्राहकले एन आई सी एशिया बैंकमै किन १०X मुद्दती खाता खोल्ने ?

हामी नेपालकै बैंकहरू मध्ये अझ उन्नत स्तरको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न र सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको यहाँहरूलाई अवगत नै छ ।

बचत रकमको २ गुणा रकम फिर्ता हुने योजना त हजुरहरुले सुन्नु नै भएको होला तर पनि १० गुणा मुद्दती रकम फिर्ता हुने यो योजना अहिलेसम्म एन आई सी एशिया बैंकले मात्र सार्वजनिक गरेको छ । यस मुद्दती योजनामा आबद्ध भइसकेपछि मूख्यतः व्यक्तिगत तथा संस्थागत दीर्घकालीन बचत योजनामा अतुलनीय योगदान रहने बैंकको ठहर छ । जुन बचतले तपाईं तमाम ग्राहकमहानुभावहरुको भविष्यको आर्थिक अवस्था सरल र सहज हुन विशेष योगदान रहने छ । ।

विश्वजगतमा विकास भइरहेका आधुनिक प्रविधिको उचित प्रयोग गर्दै विकास गरिएका हाम्रा डिजिटल बैंकिङका च्यानलहरू जस्तै मोबाइल बैंकिङ (NIC ASIA MoBank), iServe, इन्टरनेट बैंकिङ (iTouch) एवं वेबसाइटमार्फत ग्राहक महानुभावहरुले जुनसुकै समयमा, जुनसुकै स्थानबाट आफ्ना अधिकांश बैंकिङ आवश्यकताहरू सहज एवं सरलरुपमा पूरा गर्न सक्नुहुनेछ । त्यो पनि NTC र NCELL का ग्राहकले डाटामार्फत निःशुल्क चलाउन सक्नु हुनेछ ।

बैंकले आफूलाई पूर्णरुपले ‘डिजिटल फष्ट बैंक’ बनाउने दीर्घकालीन रणनीति अवलम्बन गरेसँगै www.iserve.nicasiabank.com मार्फत मोबाइल बैंकिङ, ग्राहकसम्बन्धी सेवा, टेलर सेवा एवं कार्डसम्बन्धी विभिन्न सेवाहरू अनलाइन अनुरोध गर्न मिल्ने व्यवस्था मिलाएको छ । साथै, NIC ASIA MoBank एपमार्फत आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खाता खोल्ने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, देशभर रहेका २३०० भन्दा बढी मर्चेन्टहरूमा आकर्षक छुट सहितको QR भुक्तानी, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर आवेदन, कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा लगायत दर्जनौं सेवाहरु उपलब्ध छन् ।

यस एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनाका बारेमा ग्राहकलाई अझै बढी जिज्ञासा भएमा बैंकलाई कहाँ र कसरी सम्पर्क गर्न सकिन्छ ?

यस योजना सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्न बैंक सदैव तत्पर छ। बैंकका सेवा तथा सुविधासम्बन्धी प्रक्रियागत एवं डिजिटल बैंकिङ च्यानलहरूमा यहाँले भोग्नुहुने प्राविधिक समस्याहरूको यथाशिघ्र समाधान तथा यहाँको सेवासम्बन्धी जिज्ञासाको यथोचित सम्बोधनका लागि बैंकको मोबाइल बैंकिङ एपमा रहेको ‘Customer Care मार्फत हामीमाझ जोडिन सक्नुहुनेछ ।र, यहाँको गुनासोको सुनुवाई तथा Progress Tracking को सुविधासमेत सो एपमार्फत उपयोग गर्न सक्नुहुनेछ । साथै, बैंकका सेवा तथा सुविधाहरूबारे जो केहिलाई अन्य कुनै जिज्ञासा एवं गुनासो भएमा नजिकैको शाखा कार्यालय वा सम्पर्क नं. : ०१–५९७०१०१ वा 10X टाइप गरि ३४४८८ मा एसएमएस गर्न र फोन गर्दा पैसा नलाग्ने टोल फ्री नं. : १६६०–०१–७७७७१ मा सीधा सम्पर्क गर्नहुन म सबै आम ग्राहकमहानुभावहरुलाई आग्रह गर्दछु ।

Previous Post

लायन्स क्लब अफ लेखनाथको २४ औ पदस्थापन कार्यक्रम सम्पन्न

Next Post

भानु जयन्ती तथा गरू पूर्णिमा डायमण्डमा मनाईयो

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ
अर्थ खबर

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने
अर्थ खबर

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला
अर्थ खबर

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला

Next Post
भानु जयन्ती तथा गरू पूर्णिमा डायमण्डमा मनाईयो

भानु जयन्ती तथा गरू पूर्णिमा डायमण्डमा मनाईयो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?