सुमन जिसी
लेखनाथ, २९ असार
२०९औं भानु् जयन्ती तथा गुरू पूर्णिमामा डायमण्ड मा.वि. तालचोकमा विविद्य कार्यक्रम गरि मनाईएको छ ।
पोखरा महानगरपालीका वडा नं. २७ मा रहेको डायमण्ड मा.वि.मा २०९औं भानु् जयन्ती तथा गुरू पूर्णिमाको अवसर पारेर विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरु विचमा चित्रकला, स्थलथत कविता लेखन तथा कविता वाचन गरी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थी र गुरू विचको अन्तर सम्वन्ध तथा भानुजयन्तीको बारेमा आफ्नो धारणा राख्दै विद्यालयका निर्देशक माधवशरण उपाध्ययले विद्यार्थी र शिक्षक विच नङ र मासुको सम्वन्ध हुने र हरेक शतमार्ग निर्देशन गर्ने व्यक्ति हरेक को गुरू हुने धारण व्यक्त गर्नु भएको थियो ।
विभिन्न तहगत रुपमा भएको प्रतियोगितामा आयोजित स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा आकृती पाण्डे, प्रथम, समृद्धि खड्का द्वितीय तथा जमुना वास्तोला तृतीय स्थानमा प्राप्त गर्न सफल भएका छन् भने कविता वाचन तर्फ प्रथम कृतिका गुरुङ द्वितीय परिना गुरुङ तथा तृतीय स्थानमा उमा राना विजयी भएको विद्यालयका संयोजक विकाश लामिछानेले जानकारी दिएका छन् ।
विजयी विद्यार्थीहरु लाई पुरस्कार वितरण गर्दै विद्यालयका प्राचार्य यम बहादुर रोकाले भानुभक्तको बारेमा जानकारी तथा गुरू र विद्यार्थी विचको अन्तर सम्वन्धको बारेमा प्रकाश पार्नु भएको थियो ।
Discussion about this post