जेष्ठ,१३ पोखरा ।।
पोखरा २७ तालचोक स्थित त्रिवेणी इन्टरनेशनल कलेजमा विविध सांस्कृतिक कार्यक्रम गरी नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा सम्मान तथा स्पोर्ट्स मिटको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार त्रिबेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको आयोजना भएको कार्यक्रममा एन.आइ. सि. एसिया बैंक गण्डकी प्रदेशका प्रमुख दिपेन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सृष्टि तिवारीले गरेकी थिइन् ।
कलेज संचालक समितिका अध्यक्ष सुमन भट्टराईद्धारा स्थापित शुशान्त छात्रवृति २०७९ बि. बि. एस. प्रथप वर्षमा अध्यनरत विद्यार्थी बिबिसा लामाले पाएकी छन् । जस अन्तर्गत उनले ४ बर्ष सम्म कलेजमा कुनैपनि शुल्क तिर्नुपर्ने छैन भने अर्को वर्ष फेरि अर्को थप एक जनाले उक्त छात्रवृत्ति प्राप्त गर्ने र चार वर्षको समयमा ४ जना विद्यार्थीहरुले उक्त छात्रवृत्ति प्राप्त गर्ने कुरा भट्टराईले बताएका छन् ।
प्रमुख अतिथि दिपेन्द्र शर्माले विद्यार्थी कल्याणकारी समितिले आफुलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरेकोमा खुसी व्यक्त गर्दै त्रिबेणी इन्टरनेशनल कलेजबाट स्नातक तह पास गर्ने कम्तीमा पनि १० जना बिद्यार्थीलाई एन. आई. सि. एसिया बैंकमा रोजगारीको राम्रो अवसर दिने प्रतिबद्धता समेत व्यक्तगरे ।
कार्यक्रममा स्वागत मन्तब्य बिद्यार्थी कल्याकारी समितिका उपाध्यक्ष सन्देश सुबेदीले, शुभकामना मन्तब्य समितिकै सदस्य बसन्त थापा र धन्यवाद मन्तब्य बि. बि. एस. प्रथम बर्षको प्रतिनिधित्व गर्दै अनिता न्यौपानेले राखेकी थिइन ।क्याम्पस प्रमुख यदुराज आचार्य. सहायक क्याम्पस प्रमुख डि.आर. पौडेल, त्क्ष्ऋ पूर्व विद्यार्थी मञ्चका अध्यक्ष रामकृष्ण लामिछाने, विद्यार्थी कल्याणकारी समितिका संस्थापक अध्यक्ष कमल गौतम लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन समितिका सचिव किशोर परियार र सदस्य समृद्धी पाण्डेले गरेका थिए ।
Discussion about this post