सुमन जिसी
लेखनाथ, १३ जेठ । भर्खरै मात्र सम्पन्न स्थानिय तहको निर्वाचनको माहोल सेलाउन नपाउदै डायमण्ड माविमा चुनावको माहोलले कक्षा ४ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई तताएको छ । विद्यार्थीहरु लाई चुनावमा कसरी भोट गर्ने भन्ने उत्सुक्ता हुने गर्दछ, त्यही उत्सुक्तालाई व्यवहारमा उतार्न तथा भोटिङ्ग स्टमको बारेमा ज्ञान प्रदान गर्ने उद्देश्यका साथ पोखरा महानगपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा भोटिङ्ग बाट विद्यालयको लागि क्याप्टेन र भाइस क्याप्टेन चयन भएको छ ।
विद्यालयमा कक्षा ४ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरु बाट भोटिङ्ग गरेर विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको हो । सात जना क्याप्टेन र नौ जना भाइस क्याप्टेन विच भएको प्रतिस्प्रर्धामा कक्षा १० अध्ययन गर्ने मयुर शाहीले १४४ मत प्राप्त गरि विजय भएका छन् । त्यस्तै भाइस क्याप्टेनको लागि भएको प्रतिस्प्रधात्मक अत्याधिक मतका साथ कक्षा १० मा अध्ययन गर्ने बिबेश परियारले २०४ मत ल्याएर विजयी भएका छन् ।
चुनावको बारेमा ज्ञानदिने उद्देश्यका साथ गएिको उक्त्त कार्यक्रममा मतदान अधिकृत, सुरक्षा अधिकारी, स्वयंसेवक लगायतका जिम्वेवार पनि प्रदान गरेको बताइएको थियो । चुनावमा सहभागी विद्यार्थीहरुले यस प्रकारको कार्यक्रमले ब्यवाहारीक ज्ञान पनि प्राप्त भएको र निकै नै रमाइलो अनुभुति भएको बताएका थिए । यस प्रकारको कार्यक्रमले विद्यार्थीलाई मात्र नभएर अभिभावकलाई समेत चुनाव, प्रजातान्त्रिक मुल्य मान्यता, र मताधिकारको महत्वका बारेमा जानकारी गराउन सहयोग पुगेको विद्यालयका निर्देशक माधवशरण उपाध्यायले बताउनुभएको थियो ।
Discussion about this post