लेखनाथ, ५ जेष्ठ
महालक्ष्मी विकास बैकं लिमिटेडले पोखराको पहिलो केबलकार, अन्नपूर्ण केबलकार संग २०७९ साल जेष्ठ ४ गते बुधबार सम्झौता गरेको छ । सम्झौता बमोजिम महालक्ष्मी विकास बैकं लिमिटेडका ग्राहकहरुले अन्नपूर्ण केबल कारको यात्रा गर्दा १० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ । यस छुट योजना अन्तर्गत ग्राहकहरुले महालक्ष्मी विकास बैकंको मोबाइल बैकिङ्ग, डेबिट कार्ड वा QR कोड स्क्यान गरी अन्नपूर्ण केबल कारको यात्रा गर्दा १० प्रतिशत छुट पाउनेछन् । साथै महालक्ष्मी विकास बैकं लिमिटेडका सम्पूर्ण कर्मचारीहरुले आफ्नो बैकंको परिचय पत्र देखाई आफु र आफ्नो परिवारलाई १० प्रतिशत छुट पाउनेछन् ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । ूस्थानीय पर्यटनको पूर्वाधार, विकासको आधारू को मूल नारा सहित महालक्ष्मी विकास बैकं लिमिटेडले आन्तरिक पर्यटन प्रवर्धन वा विकासको लागि यो योजना अगाडि ल्याएको हो ।
यस बैकंले कुल १०३ वटा शाखाहरु मार्फत ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैकंले ग्राहकहरुलाई गुणस्तरीय सेवाको साथसाथै थप सुरक्षित, सहज र भरपर्दो सुविधा प्रदान गर्ने उद्येश्यले VISA EMV Chip Based Travel Card, e-Commerce Card / Dollar Card जारी गरेको छ ।
Discussion about this post