लेखनाथ १७, बैशाख – नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले पोखरा २७ अर्घौं अर्चलेबाट चुनावी अभियान शुरु गरेको छ।
शनिबार देखि चुनावी मैदानमा होमिएका गठबन्धनको साझा बडा अध्यक्षमा पदमा नेपाली कांग्रेसको तर्फ वाट पुर्ण कुमार गुरुङ उम्मेदवार रहेका छन्।
उनी पोखरा २७ का निवर्तमान वडा अध्यक्ष समेत हुन्।
त्यस्तै बडा सदस्यहरुमा कांग्रेसकै सुर्य बहादुर वाग्ले, जितेन्द्र क्षत्री र दलित महिला सदस्यमा लक्ष्मी विक तथा नेकपा माओवादी केन्द्रको तर्फवाट महिला सदस्यमा देवि माया अधिकारी उम्मेदवार रहेका छन् ।
शनिबार सम्पन्न घरदैलो कार्यक्रममा उम्मेदवारहरुले मन र मत माग्दै संयुक्त गठबन्धनका उम्मेदवारहरुलाई रुख तथा हसिया हथौड़ा चिन्हमा भोट अपिल गरेका थिए।
चुनावी कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार गुरुङले आफ्नो कार्यकालमा बांकी रहेका अधुरा कामहरु सम्पन्न गर्न आफुले पुन: उम्मेदवारी दिएको बताएका छन्।
महानगरमा अर्को पार्टीको नेतृत्व हुँदा समेत पोखरा २७ को बिकाशमा ड्टेर लागेको सर्वबिदितै छ त्यसैले फेरि पनि जनमत मेरो पक्षमा रहेको बिश्वास व्यक्त गरेका छन्।
गठबन्धनको चुनावी कार्यक्रम निर्वाचन अगाडी सम्म जारी रहने संयोजक तथा नेपाली कांग्रेस पोखरा २७ का कार्यबाहक सभापति बिश्वराज पौडेलले जानकारी दिएका छन्।गठबन्धनको तर्फ बाट पोखरा महानगरको मेयरमा नेकपा एसको तर्फ बाट धनराज आचार्य तथा उप मेयरमा नेपाली कांग्रेसको तर्फ बाट कोपिला रानाभाट उम्मेदवार रहेका छन्।
Discussion about this post