मादी, बैशाख १४ – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिका वडा नं १२ मा नेपाली कांग्रेसको तर्फ बाट बडाध्यक्ष पदमा रामचन्द्र रानाभाटले उम्मेद्बारी दिएका छन्।
विभिन्न सामाजिक संस्थाहरुको नेतृत्व गरेका रानाभाट पुर्व प्रधानाध्यापक र ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता भई काम गरेका थिए। त्यस्तै खुला सदस्यहरुमा दिपेन्द्र राज ढकाल, रबिमोहन दाहाल, महिला सदस्यमा रोजिना गुरुङ र दलित महिला सदस्यमा आरती नेपालीको उम्मेदवारी रहेको छ।
खुला सदस्यमा उम्मेदवारी दिएका ढकाल नेविसंघको बिद्यार्थी राजनीति देखि नेपाली कांग्रेसमा सकृय रहेका छन्। समाजशास्त्र र ग्रामीण बिकास बिषयमा एम ए सम्मको अध्ययन पूरा गरेका छन्।
चुनावमा जित हासिल गरेपछि समग्र वडा नं १२ को बिकासमा दत्तचित्त भएर लाग्ने उम्मेदवारहरुले बताएका छन्।
Discussion about this post