रामशरण नेपाली
लेखनाथ l चैत ६
मत्स्य अनुसन्धान केन्द्र वेगनासले निजिस्तरमा सञ्चालित मत्स्य ह्याचरिहरुलाई कमन कार्प चाईनिज शुद्ध नश्लको हुर्केउला माउ माछा वितरण गरेको छ ।
केन्द्रले आईतबार पोखरा–३१ खुदी स्थित अन्नपुर्ण फिश फार्मलाई ५० वटा कमन कार्प चाईनिज शुद्ध नश्लको हुर्केउला माउ माछा हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश कृषि मन्त्रालयका सचिव डा. हरि बहादुर केसीले प्रदेश सरकारले किसानहरु लाभान्वित हुने विभिन्न कार्यक्रमहरु मार्फत उत्पादनलाई वृद्धि गरी प्रदेशको अर्थतन्त्रलाई मजबुत बनाउने दिशामा अघि वढिरहेको वताएका थिए ।
मन्त्री केसीले पानीको प्रशस्त श्रोत भएको ठाउँमा उन्नत एवं शुद्ध नश्लका माछापालन गर्नतर्फ कृषकहरु पनि अग्रसर हुनुपर्ने र यसको लागि प्रदेश सरकारले पनि किसान लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने वताएका थिए ।
कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशानलय गण्डकी प्रदेशका निर्देशक मन बहादुर पुन, कृषि अनुसन्धान निर्देशालय गण्डकी प्रदेशका निर्देशक कालिका प्रसाद उपाध्याय, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख सुदिप न्यौपाने, पोखरा महानगरपालिका वडा नं. ३१ का वडा सदस्य विष्णु बहादुर भुजेल, बागवानी अनुसन्धान केन्द्र मालेपाटनका प्रमुख डा. सुनिल अर्याल, पोखरा महानगरपालिका कृषि विकास महाशाखाका प्रमुख मनोहर कडरिया, रुपाताल पुर्नस्थापना तथा तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकाल लगायतले बोलेका थिए ।
मत्स्य अनुसन्धान केद्र बेगनासका प्रमुख डा. मोहमद ईकवाल हुसेनले हाल पाल्दै आईरहेको कमन कार्प माछाको तुलनामा शुद्ध चाईनिज नश्लको कमन कार्पले उत्पादनमा समेत वृद्धि हुनुका साथै रोगको प्रकोप पनि कम हुने जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा अन्नपुर्ण फिश फार्मका सञ्चालक झलक जलारीले केन्द्रले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै शुद्ध नश्लका माउ माछाबाट भुरा उत्पादन गरि किसानहरुलाई वितरण गर्ने वताएका थिए ।
मत्स्य अनुसन्धान केन्द्र वेगनासका प्रमुख डा. मोहमद ईकवाल हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रकी प्रमुख प्रशासन सहायक भगवती थापाले गरेकी थिईन ।
Discussion about this post