• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

१७ औं लेखनाथ महोत्सव सम्पन्न,

२ लाख २० हजार दर्शकहरुद्धारा अवलोकन, ६ करोड ४५ लाख बराबरको आर्थिक कारोबार

Ramsharan Nepali by Ramsharan Nepali
March 22, 2022
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
133
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ l चैत ७
कास्कीको लेखनाथमा फागुन २६ गते देखि जारी १७ औं संस्करणको लेखनाथ महोत्सव सोमबार सम्पन्न भएको छ ।
चैत्र २६ गतेदेखी १२ दिनसम्म सञ्चालन भएको महोत्सवको २ लाख २० हजार दर्शकहरुले अवलोकन गरेको र ६ करोड ४५ लाख बराबरको आर्थिक कारोबार गर्न सफल भएको आयोजकले जनाएको छ । यससँगैं महोत्सव सोचेअनुरुप सफल भएको समेत आयोजकको दावी रहेको छ ।

महोत्सवको समापन गर्दै गण्डकी प्रदेशका पर्यटन उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री मणिभद्र शर्माले पर्यटकीय हिसाबले सम्भावना बोकेको लेखनाथ क्षेत्रको प्रचार प्रसारको लागी उद्योग वाणिज्य संघले महत्वपुर्ण भुमिका खेलेको वताउँदै पर्यटकिय विकासको लागी उचीत कार्ययोजना ल्याउन सकेको खण्डमा आगामी वर्षबाट नै प्रदेश सरकारले वजेटको व्यवस्था गर्ने वताए ।

मन्त्री शर्माले तनहुँ र कास्कीको सिमानामा रहेको पुडीटार क्षेत्रलाई प्रदेश सरकारले औधोगीक क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको वताउँदै आगामी एक दुई महिनाभित्रै नेपाल सरकारसँग जग्गाको भोगाधिकार लिन सफल हुने विश्वास व्यक्त गरेका थिए ।

यस्तै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले यहाँका पर्यटकिय क्षेत्रको विकासका लागि राज्यको मुख मात्र ताक्ने नभई सबै व्यवसायी मिलेर सहकार्यमुलक ढंगले अगाडी वढ्नुपर्ने वताउँदै कम्पनी मोडेलको रुपमा पुर्वाधारको विकास गरी पोखरा आउने पर्यटकलाई लेखनाथसम्म ल्याउने वातावरण तयार गर्नुपर्ने वताएका थिए ।

अध्यक्ष आत्रेयले आगामी १८औं संस्करणको लेखनाथ महोत्सव आगामी पुस ७ गतेदेखी १८ गतेसम्म सञ्चालन गरिने जानकारी समेत दिएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव बहादुर कोईराला, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जयनारायण आचार्य लगायतले बोलेका थिए ।

महोत्सवमा राखिएका करिब ३ सय स्टलहरु मध्ये सिटिजन फर्निचर ट्रेड प्रालीले सबैभन्दा उच्च कारोबार गर्न सफल भएको थियो भने स्थानीय कृषि उत्पादनमा हेमजा तरकारीको स्टलले सफल कारोबार गर्न सफल भएको थियो । महोत्सवमा राखिएको कोरोनाको खोप लगाउने स्टलमा महोत्सव अवधीभर बरिब ७सय जनाले खोप लगाएको पनि आयोजकले जनाएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा समपन्न कार्यक्रमको सञ्चालन महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले गरेका थिए भने धन्यवाद ज्ञापन दित्तिय उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

Previous Post

निजि मत्स्य ह्याचरीलाई उन्नत नश्लका हुर्कौला माउ माछा वितरण

Next Post

आज जेसिज नाईट हुँदै, तयारी अन्तिम चरणमा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
आज जेसिज नाईट हुँदै, तयारी अन्तिम चरणमा

आज जेसिज नाईट हुँदै, तयारी अन्तिम चरणमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?