युवाहरुको ब्याक्तित्व र नेतृत्व क्षमतामा अभिबृद्वि गराउने उदेश्यले लेखनाथ जेसीजद्वारा आफ्ना सदस्यहरुको वाककला परिस्कृत गराउने ध्येय स्वरुप दोस्रो शुक्रबारसरीय प्रवचनमाला कार्यक्रम २०७८ फाल्गुन २७ गते शुक्रवारको दिन आफ्नै सचिवालयको सभाहलमा सम्पन्न गरेको छ ।
नेपाल जेसीज बर्ष २०२२ को राष्ट्रिय प्रकरण “Act for Impact” भन्ने शिर्षकमा आयोजना गरिएको कार्यक्रममा लेखनाथ जेसीजका ४ जना सदस्यहरुको सहभागिता रहेको थियो । लेखनाथ जेसीज बर्ष २०२२ को अध्यक्ष जेसी सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख निर्णायक लेखनाथ जेसीज बर्ष २००१ का अध्यक्ष श्री सुरेन्द्रराज अधिकारी र निर्णायकमा लेखनाथ जेसीज बर्ष २०१७ का अध्यक्ष जेसी सन्दिप ढुंगाना रहेका थिए।
Act for Impact र समग्र लेखनाथ जेसीजको ईतिहास र भाबी दिनमा गर्नुपर्ने कार्यको बारेमा पुर्व अध्यक्ष द्दय सुरेन्द्रराज अधिकारी र सन्दिप ढुङ्गानाले बोलेका थिए भने कार्यक्रमको संचालन शुक्रबाररीय प्रवचनमाला कार्यक्रमका संयोजक जेसी महेश वाग्लेले संचालन गरेका थिए ।
Discussion about this post