फागुन २८, लेखनाथ
सामाजिक, शैक्षिक तथा वाताबरणको क्षेत्रमा काम गरिरहेको अग्रणी सामाजिक संस्था सिड फाउण्डेसन कास्कीको १८ औं साधारण सभा शनिवार सम्पन्न भएको छ ।
नेपाल ईम्पुभमेन्ट फाउन्डेसनका संस्थापक रहेका क्यानाडियन नागरिक मौरे मेसनको प्रमुख आतिथ्यतामा साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको हो । मौरे मेसनले फाउन्डेशनले गरेको कामको प्रशंसा गर्दै आगामी दिन हरुमा सहकार्य गरी कार्यक्रम प्रतिबद्दता व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम्मा संस्थाका कोषाध्यक्ष इन्द्र बहादुर थापाले कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सचिव मदन थापाले संस्थाको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो ।
फाउन्डेशनका निवर्तमान अध्यक्ष धु्र्वनाथ अधिकारी, पुर्व अध्यक्ष तथा सल्लाहकार नवराज अधिकारी, सल्लाहकार सदस्य नीर वहादुर चर्माकार ,हरि प्रसाद घिमिरे र सदस्य सुनिता थापा लगायतले शुभकामना राख्दै संस्थाले गरेको कामको प्रशंसा तथा भविष्यमा पनि अझै धेरै समाजसेवाका कार्यमा लाग्ने विश्वास ब्यक्त गर्नुभयो ।
संस्थाले गरेका काम तथा भावि योजनाको बारेमा संस्थाका निर्देशक दामोदर भक्त थापाले स्पष्ट पार्नुभएको थियो । उपाध्यक्ष शुशिला गुरुङ्गले स्वागत गर्नुभएको थियो भने कार्यक्रम संचालन सचिव मदन थापाले गर्नुभएको थियो ।
सामाजिक समस्या, शैक्षिक गुणस्तर तथा अबसर साथै वाताबरण संरक्षणको उदेश्यका साथ बि सं २०६० सालमा फाउन्डेशनको स्थापना भएको थियो ।
Discussion about this post