• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

कालिका सामुदायिक सेवा केन्द्रको लागु औषध एवं आत्महत्या सम्बन्धि सचेतना कार्यक्रम

Lekhnath Khabar by Lekhnath Khabar
March 11, 2022
in समाचार, स्थानीय
0
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २७ फागुन– कालिका सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाले लागु औषध नियन्त्रण एवं आत्महत्या न्यूनिकरण सम्बन्धि सचेतना कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकर स्थित रत्नशोभा माध्यमिक विद्यालयमा कक्षा ९, ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई उक्त विषयमा प्रशिक्षण दिइएको हो ।

कास्की जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव निरिक्षक होत बहादुर रोकाहाले आत्महत्या सम्बन्धि प्रशिक्षण दिंदै पिर चिन्ता, आफन्त परिवार साथी तथा समुदायबाट तिरस्कृत, सहन नसकिने शारीरिक र मानसिक पिडाले आत्महत्या हुने कारणहरु बताए । आत्महत्या पूर्व देखिने संकेत, आत्महत्या रोकथामका उपायहरु लगाएतका विषयहरुमा प्रशिक्षण दिएका थिए ।

सोही प्रशिक्षण कार्यक्रममा प्रहरी नायब निरिक्षक विधाधर त्रिपाठीले लागु औषध नियन्त्रण सम्बन्धि विषयमा प्रशिक्षण दिंदै लागु औषध ऐन २०३३ अनुसार गाँजा, चरेश, अफिम, हेरोइन कोकिन लाई लागुऔषधका रुपमा परिभाषित गरेको बताए ।

लागुऔषध दुव्र्यसनका चरणहरु, दुव्र्यसनमा फस्ने कारणहरु, दुव्र्यसनमा धकेल्ने तत्वहरु, लागु औषध रोकथामका उपायहरु लगाएतका विषयमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रम अघि सामुदायिक सेवा केन्द्र कास्की जिल्ला समन्वयका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र बजगाइले कालिका सामुदायिक सेवा केन्द्रले धेरै राम्रा सामाजिक कार्यहरु गरेको प्रशंसा गर्दै विकृति र विसंगति रहित सभ्य समाजको निर्माणमा सबैको सहयोग हुने पर्नेमा जोड दिए ।

यसै गरी सेवा केन्द्रका अध्यक्ष राधाकृष्ण तिवारीले आफूले प्रशिक्षणमा सिकेका कुराहरुलाई विद्यार्थीहरुले व्यवहारमा कार्यन्वय गर्न आग्रह गर्दै समाज परिवर्तनमा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

गाउँ , टोलमा नराम्रा घटनाहरु रोक्न विद्यार्थीहरुले भुमिका खेल्नुपर्नेमा अध्यक्ष तिवारीले जोड दिंदै आगामी दिनमा सामुदायिक सेवा केन्द्रले विद्यालय र टोलमा आवश्यकता अनुसारको कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी दिएका थिए ।

सेवा केन्द्रका कार्य समितिका सदस्य सागर अधिकारीले स्वागत गरेका थिए भने सेवा केन्द्रका सचिव विकल केसीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Previous Post

लेखनाथ महोत्सवको दोश्रो दिन १५ लाख रुपैयाको कारोबार

Next Post

शिक्षामा गरेको लगानी कहिल्यै खेर जादैनः मन्त्री थापा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
शिक्षामा गरेको लगानी कहिल्यै खेर जादैनः मन्त्री थापा

शिक्षामा गरेको लगानी कहिल्यै खेर जादैनः मन्त्री थापा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?