• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेखनाथ महोत्सवको दोश्रो दिन १५ लाख रुपैयाको कारोबार

Lekhnath Khabar by Lekhnath Khabar
March 11, 2022
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
269
VIEWS
Share on FacebookShare on Twitter

फागुन २७, लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७ औं संस्करणको लेखनाथ महोत्सवको दोश्रो दिनसम्म ५० हजार दर्शकले अवलोकन गरेका छन् ।

पहिलो दिन बिहीबार ४० हजार दर्शकले र दोस्रो दिन शुक्रबार १० हजार दर्शकले महोत्सवको अवलोकन गरेको प्रचार–प्रसार संयोजक एवं संघका द्वितीय उपाध्यक्ष गोपीचन्द्र बाँस्तोलाले जानकारी दिए ।

यस्तै महोत्सवमा दोस्रो दिनसम्म १ करोड १० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । पहिलो दिन एक करोड रुपैयाँको र दोस्रो दिन १० लाख रुपैयाँ बराबरको कारोबार भएको बाँस्तोलाले जानकारी दिए ।

महोत्सवको तेस्रो दिन शनिबार बिदाको दिन परेकाले दर्शकको अत्याधिक भिड लाग्ने आयोजकले विश्वास व्यक्त गरेको छ ।
महोत्सवमा शनिबारका मुख्य आर्कषणहरुमा लोकदोहोरी तर्फ कलाकारहरु राजु परियार, बाल कलाकार आयुषा गौतम, राजन कार्कि, मञ्जु वि.क, केशव देवकोटा, मधु चापागाई, हाँस्य व्यग्य तर्फ राजा राजेन्द्र र बेलुका लाईभ कन्र्सटमा साहिमा श्रेष्ठ वसन्त सापकोटा र सन्दिप क्षेत्रीको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सवमा महिला विशेष रत्यौली कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी पनि आर्कषणको रुपमा रहेका छन ।

फागुन २६ गते देखी शुरु भएको १७ औं संस्करणको लेखनाथ महोत्सवमा विभिन्न बस्तु तथा उत्पादनका तीन सय भन्दा बढी स्टलहरु राखिएका छन् ।

लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धी भन्ने नाराका साथ लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा भएको महोत्सव महोत्सव आगामी चैत्र ७ गते सम्म सञ्चालन हुनेछ ।

Previous Post

डायमण्डमा प्रतिभा खोज कार्यक्रम

Next Post

कालिका सामुदायिक सेवा केन्द्रको लागु औषध एवं आत्महत्या सम्बन्धि सचेतना कार्यक्रम

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कालिका सामुदायिक सेवा केन्द्रको लागु औषध एवं आत्महत्या सम्बन्धि सचेतना कार्यक्रम

कालिका सामुदायिक सेवा केन्द्रको लागु औषध एवं आत्महत्या सम्बन्धि सचेतना कार्यक्रम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?