लेखनाथ, १६ फागुन ।
लेखनाथ अर्घौ बजार ब्यवस्थापन समिति पोखरा २६ ले आफना गतिविधीलाई ब्यवसायीहरुको हक हितका सवालमा आवाज उठाउने उदेस्यले सचिवालय स्थापना गरेको छ ।
आम ब्यवसायीहरुको साझा सस्थाको रुपमा रहेको ब्यवस्थापन समितिको सचिवालय सोमवार लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष आत्रेयले आम ब्यवसायीहरु नाफाका लागि मात्र नभई सेवाका भावले अस्वस्थ प्रतिस्पर्दा भन्दा माथी उठेर ब्यवसाय गर्न अनुरोध गर्दै आम ब्यवसायीहरुले सस्थागत हितका लागि कर्तव्यबोधका साथ अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए ।
सोही अवसरमा समितिका सल्लाहकार भरतकुमार अधिकारीले कोरनाको मारमा परेका आम ब्यवसायीहरुको हक हितका सवालमा लेखनाथ उद्योग बाणिज्य संघले घुमन्ते र पोके व्यापारीलाई निरुत्साहीत गर्दै ब्यवसस्थीत बजार निर्माणका लागि आवाज उठाउनु पर्ने सुझाव राखेका थिए ।
लेखनाथ अर्घौ बजार ब्यवस्थापन समितिका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बेल प्रसाद सापकोटाले स्वागत मन्तव्य राखेको थिए भने संचालन सचिव राम थापा र धन्यवाद ज्ञापन सस्थापक अध्यक्ष शिव प्रसाद भण्डारीले गरेका थिए ।
Discussion about this post