लेखनाथ, १८ फागुन ।
हिन्दु धर्मालम्वीहरुका आरध्यदेव शिवको सम्झनामा मनाउदै आएको शिवरात्रीको अवसरमा जटासंकर धार्मीक विकास समिति पोखरा २६ ले सिलिङ्गेमा १२ औं शिवरात्री मेलाको आयोजना गरेको छ ।
आम जनमानसमा धार्मीक भावना सृजना गर्ने उदेश्यले समितिले हरेक वर्ष जस्तै यस वर्ष पनि विविध कार्यक्रमका साथ शिवरात्री मेला सम्पन्न गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै अपरमादी हाईडो पावरका निर्देशक पुष्पज्योती ढुगानाले युवाहरुमा पनि धार्मीक भावना र धर्मको महत्वका बारेका जानकारी गराउन यस प्रकारका मेला तथा महोत्सवले सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।
सोही अवसरमा भगवती हाईडोपावरका निर्देशक बसन्त मोहन भटराईले धर्मको भावले स्थानीयस्तरको विकास निर्माणका कामलाई सहयोग पुग्नेमा जोड दिएका थिए ।
जटाशंकर धार्मीक विकास समितिका अध्यक्ष युवा पण्डित रामप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडासदस्य खड्क बहादुर रानाभाट, लेखनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुरारी शर्मा, निर्वतमान अध्यक्ष विष्णु बराल, सिलिङे कृषि सहकारी सस्थाका अध्ययक्ष ठाकुर प्रसाद रानाभाट, स्थानिय युवा विकास अधिकारी, मेघराज भण्डारी, विष्णु अधिकारी, भद्रकाली धार्मीक विकास समितिका अध्यक्ष यज्ञमान श्रेष्ठ र मुक्तिनाथ विकास बैक लेखनाथ शाखाका प्रमुख रामचन्द्र रानाभाट लगायतले धार्मीक महत्व बोकेको सिलिङे पोखराबाट नजिक भएर पनि प्रचार प्रसारको अभावले पछाडी परेकोले यसलाई धार्मीक पर्यटकिय क्षेत्रका रुपमा विकास गराउनु पर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा युवा लक्षित फुटसल लगाएत विभिन्न खेलका प्रतियोगिता, भजन कन्र्सट, महाआरती, नृत्य, धार्मीक प्रवचन लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
Discussion about this post