लेखनाथ, १७ फागुन ।
सामाजिक कार्यमा सक्रिय रहँदै आएको राईजिङ्ग स्टार युथ क्लवले पोखरा–२७ रिट्ठेपानीमा पुस्तकालयको स्थापना गरेको छ ।
क्लवको ३ लाख ५० हजार र विभिन्न व्यक्ति एवं संघ संस्थाबाट प्राप्त सहयोग ७५ हजार गरि ४ लाख २५ हजारको लागतमा पुस्तकालयको स्थापना गरिएको क्लवका अध्यक्ष विष्णु प्रसाद गुरुङ्गले जानकारी दिए ।
पुस्तकालयको उद्घाटन गर्दै पोखरा–२७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङ्गले पुस्तक पढ्ने बानीको विकास गर्न आग्रह गरेका थिए ।
यस्तै भुपु सैनीक क्लवका अधयक्ष सुवेदार मेजर जगबहादुर गुरुङ्गले सचेत नागरिक एवम् सभ्य समाज निर्माणमा पठन संस्कृति अपरिहार्य भएको बताए ।
क्लवका अध्यक्ष विष्णु प्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार यम प्रसाद गुरुङ्गले स्वागत गरेका थिए भने कोषाध्यक्ष सागर गुरुङ्गले कार्यक्रमको सञ्चालन गरेका थिए ।
पुस्तकालयमा विभिन्न क्षेत्र एवं उमेर समुहका लागी उपयुक्त धार्मिक, साहित्यिक एवं ऐतीहासीक महत्वका पुस्तक एवं पत्रपत्रिकाहरु रहेको क्लवले जानकारी दिएको छ ।
Discussion about this post