• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लाइफ केयर र हितैसी सहकारीबीच सहकार्य, रक्त परीक्षण सेवामा विशेष छुट

Lekhnath Khabar by Lekhnath Khabar
February 24, 2022
in अर्थ खबर, समाचार
0
0
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखराको न्युरोडमा रहेको गण्डकी प्रदेशकै ‘क’ बर्गको एक मात्र ल्याब लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि. र हितैसी बचत तथा ऋण सहकारी संस्थाबीच सहकार्य भएको छ । सहकार्यसँगै सहकारीका सेयर सदस्य तथा कर्मचारीले लाइफकेयरको परीक्षणमा विशेष छुट प्राप्त गर्ने भएका छन् ।

सम्झौता पत्रमा लाइफ केयरका प्रवन्ध निर्देशक शुक्रराज कँडेल, डा. सुमनराज पौडेल र लेखा प्रमुख सन्तोष गौतम तथा सहकारीका तर्फबाट अध्यक्ष शेरबहादुर कार्की, उपाध्यक्ष धनराज आचार्य र व्यवस्थापक शान्ति अधिकारीले हस्ताक्षर गरेका छन् ।

सहकारीसँग सम्झौता गर्न पाउँदा खुसी लागेको लाइफ केयरका प्रवन्ध निर्देशक कँडेलले बताए । बायो केमिष्ट, माइक्रोबायोलोजिष्ट, मलिक्युलर बायोकेमिष्ट, प्याथोलोजिष्टको प्रत्यक्ष निगरानीमा ल्यावले सेवा प्रदान गरिरहेको छ । ल्याबमा अत्याधुनिक प्रविधिको प्रयोग हुनुका साथै गुणस्तरीय तथा विश्वसनीय सेवा प्रदान गर्दै आइरहेको छ ।

ल्याबले कोभिड परीक्षण पनि गरिरहेको र नमुना संकलन गरेकै दिन रिपोर्ट उपलब्ध गराउने कँडेलले बताए । विश्वका जुनसुकै देशमा पनि रिपोर्टले मान्यता प्राप्त गर्ने उनले जानकारी दिए । सामाजिक उत्तरदायीत्व वहन गर्दै प्रशासनको सिफारिसका आधारमा ल्याबले गरिब तथा असहाय बिरामीको प्रयोगशाला परीक्षण निःशुल्क गरिरहेको उनले बताए ।

हितैसी सहकारीको प्रधान कार्यालय कास्कीको अर्मलामा रहेको छ । ३ करोड ३३ लाख रुपैयाँ सेयर पुँजी रहेको सहकारीको कूल कारोबार ३० करोड रुपैयाँ रहेको अध्यक्ष कार्कीले उक्त अवसरमा जानकारी दिए । सहकारी १ हजार ८ सय जना सेयर सदस्य आबद्ध छन् ।
No description available.
Previous Post

स्थगित लेखनाथ महोत्सव फागुन २६ बाट चैत्र ७ सम्म हुने

Next Post

सस्तो शुल्कमा ‘एयरसन इन्टरनेट’ को सेवा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
सस्तो शुल्कमा ‘एयरसन इन्टरनेट’ को सेवा

सस्तो शुल्कमा ‘एयरसन इन्टरनेट’ को सेवा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?