फागुन ७, पोखरा – लक्ष्मी आदर्श युवा क्लवको अध्यक्षमा निर्भान देवान निर्वाचित भएका छन्। क्लवको प्रथम साधारणसभा तथा अधिवेशनबाट देवानको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ।
क्लवको उपाध्यक्षमा शर्मिला कार्की, सचिबमा सिर्जना रेग्मी तथा कोषाध्यक्षमा सशिश भट्टराई चयन भएका छन्। त्यस्तै सुवास आचार्य, रोशन गुरुङ, रितिका सुवेदी, सुरज सुवेदी, प्रकाश गुरुङ, प्रतिष्ठा पौडेल र सचिन ओझा सदस्यमा चयन भएका छन्।
क्लवका संस्थापक अध्यक्ष प्रान्जल पौडेलको अध्यक्षता मा सम्पन्न अधिवेशनमा गण्डकी प्रदेशका सांसद एवंम बिकास समितीका सभापति माननीय दिपक कोईरालाले निर्वाचित नयाँ कार्य समितिलाई बधाई दिदै आजका युवा शक्ति परिवर्तनका संवाहक हुन् त्यसैले युवाहरु संगठित हुन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा पोखरा २७ कि जनप्रतिनिधी बुद्धिमाया रिजाल, राजु अधिकारी , शिव अधिकारी , बिष्णु प्रसाद तिवारी लगायतको उपस्थिती रहेको थियो ।
Discussion about this post