फागुन २, पोखरा – पोखरा २७ तालचोकमा रहेर वैदेशिक अध्ययन परामर्शको क्षेत्रमा बिद्यार्थीहरुको मन जित्न सफल भएको छ “आर टु एम एजुकेसन स्पेसलिस्ट्स”।
सन् २०१६ देखि पोखराको सिद्धार्थ चोकमा वैदेशिक शिक्षाको परामर्श, अंग्रेजी भाषा आईएल्टिस तथा पिटिइ कक्षा संचालन गर्दै आएको कन्सल्टेन्सी बिगत १ वर्ष देखि पोखराको तालचोकमा संचालन हुँदै आएको निर्देशक निर्वान देवानले बताउनु भयो।
लेखनाथ र यस क्षेत्र भित्र रहेका विद्यार्थीहरुलाई घर नजिकै बाट सेवा दिने उदेश्यले एक वर्ष अघि स्थानान्तरण गरिएको थियो। पछिल्लो समय अस्ट्रेलियाको बोर्डर खुलेको हुनाले धेरै बिद्यार्थीहरुको गन्तव्य अस्ट्रेलिया बन्ने गरेको छ। “बोर्डर खुलेपछी हामीले प्रोसेसिङ सुरु गर्यौं, केही बिध्यार्थीको भिजा लागेर अष्ट्रेलिया समेत पुगि सके भने धेरै विद्यार्थीहरुको अहिले प्रोसेसिङ भैरहेको उहाँले बताउनुभयो।”

नेपाल सरकार शिक्षा मन्त्रालय बाट मान्यता प्राप्त आर टु एम एजुकेसन तालचोक बाट TITI, PIER Certified तथा अनुभवी काउन्सलर द्वारा वैदेशिक शिक्षा परामर्शको सम्पुर्ण सेवा, अस्ट्रेलिया, क्यानडा, युके, अमेरिका तथा न्युजिल्यान्डका धेरै जसो कलेज तथा विश्वविद्यालय संग समन्वय गरेर विद्यार्थी लाई छिटो छरितो सेवा प्रदान गर्दै आईरहेको छ।
मोर्डन प्रविधिमा आधारित एसि युक्त कोठामा प्रोजेक्टर सहित IELTS तथा PTE का कक्षा संगै विद्यार्थीहरुले उत्कृष्ट नतिजा निकाल्न सफल भएको उहाँले बताउनुभयो। बिगतका दिन हरुमा विद्यार्थी हरु वैदेशिक अध्ययन परामर्शका लागि काठमाडौं चितवन तथा पोखरा बजार सम्म पुग्नुपर्ने बाध्यतालाई सहज र छरितो बनाउने बिश्वासलाई विद्यार्थी तथा अभिभावक हरुले साथ र सहयोग दिनुभएको छ।
हाल पोखराको चाउथे देखि राजकोचौतारा, बेगनास तथा तनहुँको दुलेगौंडा बाट विस्वास गरेर विद्यार्थी हरु आएको निर्देशक देवानले बताउनुभयो ।


#R2MEducationSpecialists #RanabhatSachin







Discussion about this post