माघ १२, लेखनाथ –
सचिन रानाभाट ।
पोखरा महानगरपालिका वडा नं ३०,३२ गगनगौंडा र वडा नं ३३ लामगादी जोड्ने सेती नदी माथीको पुल सम्पन्न नहुँदै धराप बनेको छ ।
बेलिबृज माथी ढलान सम्पन्न गरेर गत सोमवार टेको हटाउने क्रममा स्टिल ट्रस बांगिएको हो । करिव ६ करोड ११ लाखको लागतमा निर्माण गरिएको पुल सम्पन्न नहुँदै धराप बनेपछी निर्माण कम्पनी एलाइट कन्स्ट्रक्सन माथी गुणस्तरको प्रश्न उठेको छ।
पोखराका दुई छिमेकी वडा जोड्ने पुल लामो समयदेखि निर्माणको क्रममा रहेको थियो र निर्माण सम्पन्न नहुदै “नखाम भने दिनभरिको शिकार, खाम भने कान्छ बाउको अनुहार” जस्तै भएको छ।
लामो समय पछि वजेट निकासा भएर निर्माणको जिम्मा पाएको एलाइट कन्स्ट्रक्सनको गुणस्तर छानविन गरि पुनः निर्माण गर्नुपर्ने स्थानीयको माग रहेको छ।
Discussion about this post