नेपाली काङ्ग्रेस कास्की को शनिबार जिल्ला सभापति किशोरदत्त बराल को सभापतित्व मा बसेको बैठकले प्रशिक्षण शाखा संयोजक मा जिल्ला उपसभापति रामबाबु भण्डारी लाई नियुक्त गरेको छ।
बिध्यार्थी राजनिति बाट आफ्नो राजनिति यात्रा सुरु गरेका भण्डारी सङ्ग २०४६ सालको सत्याग्रह आन्दोलन मा जेल ,२०४६ जनआन्दोलन मा घर बाटै गिरफ्तार भई दुइ महिना जेल जिबन ,२०५१ साल मा पृथ्वीनारायण क्यापस मा नेपाल बिध्यार्थी संघ को तर्फबाट स्वबियु सभापति उम्मेदवार ,प्रजातन्त्र र लोकतन्त्र रक्षार्थ आन्दोलनका क्रममा दर्जनौ पटक जेल जिबन बिताउदै नेपाली काङ्ग्रेस कास्की को जिल्ला सदस्य हुदै उप सभापति बन्नुभएको लामो राजनैतिक जिबन र अनुभव छ।
बिध्यार्थी आन्दोलन बाट निखारिदै नेपाली काङ्ग्रेस को राजनितिमा इमान्दार र त्यागी नेताको छवी बनाएका भण्डारी नेपाली काङ्ग्रेस र आम जनसमुदाय बिच लोकपृय र बिस्वासिलो नेताका रुपमा हेरिनुहुन्छ।निडर र हक्कि स्वभाव का भण्डारी ले पुराना पुस्ता र नया पुस्ताका बिचमा मध्यमार्गि को भुमिका खेल्दै सबैलाई समेट्दै सबल ,सुदृढ र प्रशिक्षित काङ्ग्रेस बनाउन महत्त्वपूर्ण भुमिका खेल्न सक्ने बुझियको छ।
नेपाली काङ्ग्रेस बृत्त मा प्रशिक्षण को अभाब भइरहेको अबस्थामा भण्डारी को नियुक्तिलाई आम कार्यकर्ताले सकारात्मक रुपमा हेरेका छन ।
Discussion about this post