लेखनाथ, ३ माघ । लेखनाथ सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवाको कार्यालय भवनको सोमबार शिलान्यास गरिएको छ । पोखरा–२७ डाडाको नाकमा निर्माण हुने २ कोठे भवनको पोखरा महानगरपालिका वडा नं.–२७ का अध्यक्ष पुर्ण कुमार गुरुङ्गले शिलान्यास गरेका हुन ।
भवनको शिलान्यास गर्दै वडाध्यक्ष गुरुङ्गले सामुदायीक सेवा केन्द्रले समाजका विसंगति र विकृतिलाई हटाउन महत्वपुर्ण योगदान गर्नुका साथै विभिन्न सामाजिक कार्यहरुमा समेत अग्रसर हुने गरेकोमा प्रशंसा व्यक्त गरे ।
वडा नं. २७ को कार्यालय, टोल विकास संस्था, आमा समुह, युवा क्लव, नागरीक समाज एवं वुद्धिजीवीहरुको सहमतीमा स्थानिय सार्वजनिक जग्गामा भवन निर्माण गरिने भएको हो ।
आ.व.२०७८÷०७९ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त भवन निर्माण एवं जग्गा व्यवस्थापनका लागि करिब २० लाख रुपैंया लागत लाग्ने अनुमान गरिएको र निर्माणको लागि संस्थाका पुर्वअध्यक्षहरु, आजिवन सदस्यहरु, विभिन्न सामाजीक संघ संस्था, स्थानिय निकाय, समाजसेवी एवं उद्योगी व्यवसायीहरुबाट सहयोगको अपेक्षा गरिएको संस्थाका अध्यक्ष त्रिलोचन लामिछानेले वताए ।
शिलान्यास कार्यक्रममा संस्थाका पुर्वअध्यक्ष शेर बहादुर गुरुङ्गले रु ५१ हजार १ सय ५१, वडाध्यक्ष पुर्ण कुमार गुरुङ्गले रु २५ हजार ५ सय ५५, सल्लाहकार एवं नेकपा एमाले वडा नं. २७ का वडा कमिटिमा अध्यक्ष सुर्यमणि लामिछानेले २७ हजार ८८, कोषाध्यक्ष गंगा कुमारी खनालले २५ हजार ५ सय ५, सह सचिव हरी वस्ताकोटीले २० हजार १ सय, कार्यसमिति सदस्य राजु अधिकारीले १५ हजार, पुर्वअध्यक्ष ज्ञानेन्द्र बजगाईले रु १० हजार ५ सय ५, उपाध्यक्ष लक्ष्मी प्रसाद ढुंगानाले ११ हजार १ सय ११, संस्थाका सल्लाहकार एवं नेपाली काँग्रेसका क्षेत्रीय सभापति राजेन्द्रमणी लामिछानेले १० हजार ५ सय ५६, सचिव कृष्ण प्रसाद अधिकारीले १० हजार ५ सय ५, वडा नं. २७ की वडा सदस्य बुद्धिमाया रिजालले १० हजार ७ सय १, लेखनाथ उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य गंगा मल्ले ११ हजार १ सय ११, संस्थाका कार्यसमिति सदस्यहरु केशवराज तिवारीले ११ हजार १ सय ११ र बुद्धिमाया थापामगरले १० हजार ८ सय १ रुपैंया सहयोग प्रदान गरेका थिए ।
२०६३ सालदेखी लेखनाथ क्षेत्रमा क्रियाशिल रहेको संस्थाको हालसम्म आफ्नै भवन नरहेका कारण विभिन्न समस्याहरु भोग्नु परेको थियो ।
संस्थाका अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष रमेश ओझाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण प्रसाद अधिकारीले गरेका थिए ।
Discussion about this post