पोखरा २९ पुस –
नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालय मुल इकाई समिति द्वारा बुधवार सम्पन्न रक्तदान कार्यक्रममा १०५ युनिट रगत सङ्कलन भएको छ ।
“रक्तदान जिवनदान, जिवनदान” भन्ने मूल नाराका साथ रक्त संचार केन्द्र कास्कीको प्राविधिक सहयोग रगत दान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस कास्की क्षेत्र नं १ का सभापति राजेन्द्र मणि लामिछानेले प्रथम रक्तदाता नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालयका नेता अनिस बस्नेतलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै लामिछानेले रगत दान जस्तो महान् कार्य गरेकोमा प्रशंसा गर्दै कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उदेश्यले गरिएको रक्तदानले सहजता तुल्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको स्वागत मन्तब्य नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालयका नेता तथा पुर्ब जिल्ला सह सचिव राजिब भण्डारीले राखेका थिए ।
कार्यक्रमा कास्की क्षेत्र नं १ कि सह सचिव सुजाता गुरुङ, प्रदेश अधिबेशन प्रतिनिधि लक्ष्मी गुरुङ, प्रजातन्त्रबादि कर्मचारी संघका सभापति तेज नारायण पराजुली लगायतको सभागिता रहेको थियो ।
पोखरा बिश्वबिद्धालय मुल इकाइ समितिका सभापति तथा कार्यक्रम संयोजक बिमान प्रधानले सम्पुर्ण लाई धन्यवाद ब्यक्त गर्दै अझ रचनात्मक कार्यक्रम गर्न प्रोत्साहन मिलेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ।
त्यस्तै नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालयका बौद्धिक नेता सुनील तिमिल्सिनले आगामी दिनमा थप उर्जाशिल र फरक किसिमका कार्यक्रम गर्ने बताउनुभयो ।
कार्यक्रम नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालयका नेता अशोक भट्ट र एलिना शर्माले सन्चालन गरेका थिए ।
Discussion about this post