• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा फोटोग्राफर संघको ४० औं साधारण सभा सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
January 3, 2022
in समाचार, स्थानीय
0
0
SHARES
98
VIEWS
Share on FacebookShare on Twitter

पुष १७,पोखरा
पोखरा फोटोग्राफर संघ पोखराको ४० औं साधारण सभा एवं फोकस बुलेटिन बिमोचन र पारिवारिक बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा फोटोग्राफर संघ का पुर्व अध्यक्ष टुकलाल नेपाली को प्रमुख अतिथ्यता एवम गण्डकी प्रदेश फोटोग्राफर संघका अध्यक्ष दुर्गा प्रसाद पौडेल, कैलाश बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष खडानन्द अधिकारी विशेष अतिथि का रुपमा रहेका थिए ।

संघका संरक्षक पुर्व अध्यक्ष ,फोटोग्राफी अवार्डका अक्षयकोषदाताहरु अतिथिको रुपमा उपस्थित थिए भने पोखरा फोटोग्रफर संघका उपाध्यक्ष रामचन्द्र पोख्रेल संयोजक रहेको उक्त कार्यक्रममा फोटोग्राफर संघ संग आवद्ध साधारण तथा आजिवन सदस्यहरु लाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा संघका सदस्यका छोरा छोरी मध्यबाट कक्षा १२ पास उत्तिर्ण हुने करिब १२ जना विद्यार्थी हरुलाई सम्मान समेत गरीएको थियो भने फोटोग्राफरहरु मिलेर खोलिएको संस्था कैलाश सहकारी बचत तथा ऋण सहकारी संस्थाका नवनिवाचित कार्यसमिति एवं मिराज बेडिङ्ग भिडियो तथा पोर्टेट फोटोग्राफी अवार्डका अक्षयकोष दाता भक्त तामाङ्ग र बृहश तामाङ्ग लाई सम्मान गरिएको थियो ।
क
रिब १८० भन्दा बढि साधारण तथा आजिवन सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विविध मनोरञ्जनात्मक खेलहरु खेलाएर उत्साहजनक वातावरणमा कार्यक्रम सम्पन्न भएको थियो ।औपाचारिक कार्यक्रममा प्रमुख अतिथि ज्युबाट फोटो खिचेर कार्यक्रम को उद्घाटन गरिएको थियो भने पोखरा फोटोग्राफर संघको बार्षिक रुपका प्रकाशन हुने फोकस बुलेटिन विमोचन गरीएको थियो ।

कार्यक्रम मा विशेष अतिथि फोटोग्राफर संघ गण्डकी का अध्यक्ष दुर्गाप्रसाद पौडेल संस्थालाई संस्थागत रुपमा अघि बढाउनुपर्ने र देशै भरिको उत्कृष्ठ संघ रहेको बताए । कैलाश सहकारी का अध्यक्ष खडानन्द अधिकारी ले फोटोग्राफरहरु मिलेर खोलेको कैलाश सहकारी ले आर्थिक रुपमा छलाङ्ग मार्न सक्ने हुंदा सबै फोटोग्राफर हरुकैलाश बचत तथा ऋण सहकारी मा आवद्ध भई यसैले खोलेको कैलाश फोटो फ्रेम उद्योग वाट सेवा लिन आग्रह गरेका थिए ।

संस्थाका संरक्षक गणेश छवी ले संस्थाले आयमुलक काम गर्नुपर्ने बताए , कार्यक्रममा महिला उपसमिति संयोजक शान्ति सुवेदी, कैलाश फोटोग्राफर अफ द इयर फोटोग्राफी अवार्डका दाताको तर्फ वाट विनोदराज ढकाल, निवर्तमान अध्यक्ष रविनाथ दाहाल र सम्मानित विद्यार्थीको तर्फबाट कृति पोख्रेल ले आफ्ना भनाई एवम शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका तर्फबाट सचिव विशुराज बरालले सचिवको प्रगति प्रतिवेदन , कोषध्याक्ष नारायणहरी अधिकारी ले कोषाध्यक्षको प्रतिवेदन राखेका थिए । संस्थाका अध्यक्ष जनकराज तिवारी को अध्यक्षतामा भएको कार्यक्रम सचिव बिशुराज बरालले संचालन गरेका थिए

Previous Post

लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापना

Next Post

सन्नी सिंहसँग कुसुमको रोमान्टिक अवतार

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
सन्नी सिंहसँग कुसुमको रोमान्टिक अवतार

सन्नी सिंहसँग कुसुमको रोमान्टिक अवतार

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?