लेखनाथ,१८ पुस ।
नेपाल रेडक्रस सोसाइटी राखि उपशाखा पोखरा २६ को २८ औ साधारण सभा तथा ७ औ अधिबेशनले शैलेन्द्र मोहन भट्टराईको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।
उप शाखाको उपसभापतिमा देबिमाया ढुङ्गाना, सचिबमा दिपकनाथ भण्डारी, सहसचिबमा पबित्रा बांस्तोला बराल, कोषाध्यक्षमा बलबहादुर गुरूङ, सहकोषाध्क्षमा दुर्गा तिमिल्सिना, र सदस्यहरूमा महेन्द्र ढुङ्गाना, नारायण प्रसाद अधिकारी, उत्तम प्रकाश बराल, वसन्त बञ्जरा, लक्ष्मि दुङ्गाना, रहेका छन ।
यस अघि कार्यक्रमको उद्घटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारिले रेडक्रस संस्था समाजमा कसैलाई भेदभाव, बदला र बिभेदको नजरले नहेरी सबैलाई समान रूपले हेर्ने, सम्पुर्ण समुदायको आबश्यकता महसुस हुनुका साथै बिशुद्ध मानबिय सेवामा अभिप्रेरित रहने संस्था भएको वताएका थिए ।
संस्थाका सभापति चन्दबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ने रे सो कास्कीका निबर्तमान सभापति बामदेब ढुङ्गाना, उपशाखाका पुर्व सभापति नरभुपाल पौडेल, मुरारि शर्मा, पोखरा २६का वडाध्यक्ष नारायणप्रसाद बराल, लेखनाथ खानेपानी आयोजना उपभोक्ता सस्थाका अध्यक्ष बिष्णुप्रसाद बराल, देबि ढुङ्गाना, लगायतले रेडक्रसको उपयोगिता र आबश्यकताका बारे धारणा राखेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष बलबहादुर गुरूङले आर्थीक प्रतिबेदन, उपसभापति अम्बिका मोहन भटृराईले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिब एल पि ढुङ्गानाले गरेका थिए । कार्यक्रममा रेडक्रसमा विभिन्न योगदान पुर्याएका ब्यक्तिहरुलाइ सम्मान गरिएको थियो ।
Discussion about this post