पुस १७ , पोखरा । नेपाली टोपी प्रतिष्ठान गण्डकीको आयोजनामा नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस शनिबार पोखरामा सम्पन्न भएको छ । ‘हाम्रो टोपी हाम्रो शान“ भन्ने उदेश्यका साथ सम्पन्न दिवसमा गण्डकी प्रदेशका मन्त्रीहरु तथा नेपाल घुम्न आएका पर्यटकहरुलाई नेपाली टोपी लगाएर मनाईएको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले जानकारी दिए ।
गत वर्ष लिपुलेक र कालापानीको विषय उठाएको प्रतिष्ठानले यस वर्ष नेपाली टोपिको पहिचान र सम्बर्द्धन गर्न राज्यले प्रमुख भुमिका खेल्नुपर्ने कुरामा जोड दिएको छ ।
गण्डकी प्रदेशका सुचना, संचार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापा, शिक्षा, संस्कृति, बिज्ञान तथा सामाजिक बिकास मन्त्री मेखलाल श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशका प्रहरी प्रमुख दिवेश लोहनी, प्रमुख जिल्ला अधिकारी कास्कीका प्रमुख जय नारायण आचार्य, सहायक प्रमुख कृष्णचन्द्र पौडेल तथा अनिल कुमार शाही, उप अनुसन्धान निर्देशक मनोज ढकाल, पुर्व राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह, रेवान पोखराका अध्यक्ष लक्ष्मण वराल, टानका निवर्तमान अध्यक्ष हरि भुजेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी लगायत लाई नेपाली टोपी लगाएको थियो । त्यस्तै अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएका अन्तर्राष्ट्रिय पर्यटक हरुलाई पनि नेपाली टोपी लगाउदै नेपाली मौलिक संस्कृतिबारे जानकारी गराएको थियो ।
विगत ८ वर्षयता नेपाली युवाहरुले अंग्रेजी नयाँ वर्ष अर्थात जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रुपमा मनाउँदै आएका छन् ।
नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य, नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता वचाउनु रहेको प्रतिष्ठान गण्डकीका सचिव सचिन रानाभाट बताउछन् ।
ढाका टोपी नेपाली पहिचान हो । जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो ।
ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ। जून एउट पभ्रम र मिथ्या मात्रा हो ।
Discussion about this post