• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

युनाईटेड क्लवद्धारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डस्विन वितरण

Lekhnath Khabar by Lekhnath Khabar
December 25, 2021
in समाचार, समाज
0
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

पोखरा १० पुस ।
युनाईटेड क्लव पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डस्विन वितरण गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको सरसफाईलाई मध्येनजर गरी युनाईटेड क्लवले बाबा फाउण्डेशनको सहकार्यमा १० सेट डष्टविन वितरण गरेको हो ।

सो अवसरमा वोल्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फोहोर ब्यवस्थापनलाई मध्येनजर गरी युनाईटेड क्लवले डष्टविन प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरिन । मन्त्री गुरुङले युनाईटेड क्लव जस्तै अन्य सामाजिक क्षेत्रमा काम गर्ने क्लवहरुले समेत सरकारी अस्पतालहरुमा आवश्यक परेका सामाग्रीहरु सहयोग गरेको खण्डमा पक्कैपनि सरकारी क्षेत्रहरुमा सुधार हुने वताइन ।

त्यस्तै युनाईटेड क्लवले प्रदेश सरकार संग समन्वय गरेर युवा स्वरोजगारका लागी विभिन्न तालिमहरु समेत आयोजना गर्न समेत मन्त्रीको आग्रह रहेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संघीय सरकार अन्तर्गत रहेतापनि आफुहरुले प्रदेश सरकारकै मूख्य अस्पतालको रुपमा लिएर अगाडि वढेको वताउदै मन्त्री गुरुङले प्रतिष्ठानमा आवश्यक पूर्वाधार संगै सरसफाइको क्षेत्रमा समेत सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर डुक बहादुर क्षेत्रीले पोखरामा रहेर सामाजिक कार्यमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवद्धारा सरकारी संस्था लाई अपनत्व वहन गरि सहयोग गरेको सामाग्रीको सदुपयोग हुने वताए । हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकास निर्माणका काम जारि रहेकाले पूर्ण रुपमा सफा रहन नसकेको भएतापनि सरसफाइ लाई तीव्रता दिएको समेत वताए ।

क्षेत्रीले सरकारी अस्पतालहरुमा उपकरणहरुमा बजेट विनियोजन हुने भएतापनि उपकरणको मर्मत संभार र सरसफाइका लागी पर्याप्त बजेट नहुने भएकाले पनि विभिन्न निकायहरुको सहयोगमा सरसफाइका सामाग्रीहरु आफुहरुले प्रयोग गर्दै आइरहेको उनको भनाइ रहेको थियो ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर भरत वहादुर खत्रि खत्रीले आफ्नो कार्यकालको सुरुवात देखीनै अस्पतालको गेटबाट डस्टविनहरु राख्ने जमर्को गरिरहेको र हाल आएर युनाईटेड क्लवले डस्टविन सहयोग गरेकोमा आफुहरुको योजना अनुरुप अस्पतालको गेटबाटै डस्टविन राख्ने कामको थालनी गरिने वताउदै सहयोगी संस्था युनाईटेड क्लव प्रति आभार प्रकट गरे । सरकारी अस्पताल हामी सवैको अपनत्व रहने भएकाले सवैले मिलेर सहकार्य गरेर आफुहरु अस्पताल सरसफाईको अभियानमा रहेको र अस्पताललाई सफा गर्नेमा कुनै कसर बांकि नराख्ने वताए ।

पोखरा महानगरले अस्पतालबाट निस्कने फोहोरको प्यटर्न चेन्ज गरेको भएतापनि युनाईटेड क्लवले प्रदान गरेको डस्टविनलाई मिलाएर प्रयोग गर्ने उनको भनाइ रहेको थियो । युनाईटेड क्लवको अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यत्रममा क्लवमा प्रथम उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए ।

युनाईटेड क्लवको आयोजनामा आगामी पुसको २८ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा एघारौं संस्करणको पोखरा महोत्सवको आयोजना हुदैछ ।

Previous Post

लायन्स क्लब कालिकाद्धारा वृद्धाश्रममा सहयोग

Next Post

स्याङजा फेदीखोलाको गलेममा सामुदायिक होमस्टे सञ्चालनमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
स्याङजा फेदीखोलाको गलेममा सामुदायिक होमस्टे सञ्चालनमा

स्याङजा फेदीखोलाको गलेममा सामुदायिक होमस्टे सञ्चालनमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?