• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

स्याङजा फेदीखोलाको गलेममा सामुदायिक होमस्टे सञ्चालनमा

Lekhnath Khabar by Lekhnath Khabar
December 26, 2021
in समाचार, समाज, स्थानीय
0
0
SHARES
225
VIEWS
Share on FacebookShare on Twitter

 

पुस ११, स्याङजा –

स्याङजाको फेदीखोला गाउँपालिका–४ को गलेममा राम्चेदेवी सिल्लो सामुदायिक होमस्टे सञ्चालनमा आएको छ ।
धार्मिक र पर्यटकीय रुपमा चर्चित राम्चेदेवी थानको नामबाट होमस्टे देखी दुई घण्टाको उकालो पैद्ल यात्रामा राम्चेदेवी मन्दिर पुगिन्छ ।

होमस्टेबाट कल्छे झरना, भञ्ज्याङ डाँडा र दमह ढुं‌गा आधा घण्टामै पुग्न सकिन्छ । दमह ढुंगामा प्याराग्लाइडिङ् को सफल परिक्षण उडानसमेत गरिएको थियो ।

होमस्टे सञ्चालनमा अधिकांश महिलाहरुको सहभागिता रहेको छ घुम्न जाने पाहुनालाई फुलको माला वा गुच्छा दिएर स्वागत गर्ने गरिन्छ । हाल दश घरधुरीबाट सुरु भएको होमस्टेमा करिब ५० जना पाहुनालाई राख्न सक्ने क्षमता रहेको होमस्टेका अध्यक्ष पुजा गुरुङले बताइन् । गलेमको माझटोलबाट सुरु गरिएको होमस्टे बिस्तारै सबै टोलमा पुर्‍याउने योजना रहेको उनले जानकारी दिए ।

अधिकांश घरहरु बैदेशिक रोजगारी तथा बसाई सराईका कारण रित्तिएकाले ती घरहरुलाई समेटेर होमस्टे बनाउने योजना रहेको पुजाले बताइन् । यहाँ रहेको श्री शितला आमा समाजको घरमा करिब ६० जनासम्मको क्षमता रहेकोले सभा, सम्मेलन तथा सेमिनारहरु पनि सञ्चालन गर्न सकिनेछ ।

सामुदायिक होमस्टेको व्यवस्थापनमा पुजा गुरुङ अध्यक्ष, नानुमाया गुरुङ उपाध्यक्ष, चेतबहादुर गुरुङ सचिव, र क्याप्टेन इन्द्रबहादुर गुरुङ कोषाध्यक्षमा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा शुष्मा गुरुङ, प्रकाश पौडेल र सुर्यकान्त पौडेल रहेका छन् ।

गलेम रापुमै रहेको स्थानिय मातृभूमि युवा क्लबले पनि त्यहाँको पर्यटन सम्भावनालाई प्रर्वदन गर्न चासो देखाएको छ । शितला राम्चे देवी मन्दिर पञ्चासे पद यात्राको क्षेत्रमा पर्ने बि ।स । १८६० सालमा स्थापना भएको महत्व पुर्ण धार्मीक स्थल हो । समुन्द्री सतह देखी २१०० मि । उचाईमा अबस्थित रहेको छ । धार्मीक महत्व संगै यस क्षेत्रबाट पोखरा, माछापुच्छ्रे लगायतका हिम श्रीङखला, लालिगुराँस, सुनाखरी जस्ता फुलहरुको समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । जसलाई मातृभूमि युवा क्लबको पहलमा भिडियो डकुमेन्ट्र्री निमार्णको अन्तिम चरणमा रहेको र उक्त प्रचार भिडियो सामाग्रीमा उच्च प्राथामिकताका साथ समावेस गरीने क्लबका महासचिव सुमन गुरुङले जानकारी दिएका छन् ।

फेदीखोलाबाट उत्तर दक्षिण ७ किलोमिटर दुरीमा रहेको यो गाउँमा ८० घरधुरी रहेको मध्यमा ब्राह्मण ५० प्रतिशत, गुरुङ ४० र दलित समुदायका १० प्रतिशत रहेको बताईन्छ । फेदीखोलाबाट तीन घण्टाको उकालो हाइकिङ गरेर गलेम भीर हुँदै जान सकिन्छ भने फेदीखोलाकै सर्केटारी–आरुखर्क–गलेम भीर हुँदै करिब एक घण्टाको जीप यात्राबाट पनि पुग्न सकिन्छ । गलेम ग्रामिण मार्ग पोखराबाट पन्चासे धाम पुग्ने छोटो पदयात्राको रुपमा पनि परिचित छ ।

१ हजार ६ सय मिटरको उचाइमा रहेको होमस्टेमा पाहुनालाई खाजाको रुपमा अर्गानिक मकै, भटमास, सेलरोटीसँगै त्यही उत्पादित दुध तथा मोही खुवाइन्छ । कोदो खेती राम्रो हुने भएकोले त्यही उत्पादिक कोदोको रोटी, ढेंडो, रक्सी लगायतका परिकारहरु पाइनुका साथै गाँउमै फलेको चामलको भात, मकैको ढिंडोलगायतका परिकार पनि पाइन्छ ।

सिजन अनुसार त्यही उत्पादिक हरियो सागसब्जी, तरकारीहरु तथा फलफुलहरु पाइन्छन् । लोकल कुखुरा, सुकुटी तथा लोकल माछा समेत यहाँ पाइने परिकारहरु हुन् ।

तस्विरहरु:

No description available.

No description available.

No description available.

Previous Post

युनाईटेड क्लवद्धारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डस्विन वितरण

Next Post

अंग्रेजी नयाँ वर्ष लाई स्वागत गर्न छेवाङ्ग लामा वेगनासतालमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
अंग्रेजी नयाँ वर्ष लाई स्वागत गर्न छेवाङ्ग लामा वेगनासतालमा

अंग्रेजी नयाँ वर्ष लाई स्वागत गर्न छेवाङ्ग लामा वेगनासतालमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?