• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लायन्स क्लब कालिकाद्धारा वृद्धाश्रममा सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
December 25, 2021
in समाचार, समाज
0
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १० पुस

लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनले पोखरा ३२ राधाकृष्ण वृद्धाश्रम र त्यहाँ रहेको गुरुकुल संस्कृत विद्यालयलाई खाद्यान्न, स्टेसनरी र न्यायो कपडा वितरण गरेको छ ।

क्लबले विद्याश्रम रहेका वृद्धवृद्धाहरुको लागि खाद्यान्न र राधाकृष्ण वृद्धाश्रम गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीका लागि स्टेसनरी सामान र न्यायो कपडा शनिबार वितरण गरेको हो । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि वानका डिपार्टमेन्ट को चिफ सुदीपराज ढुंगाना, कालिका भ्यु टाउनका संस्थापक अध्यक्ष नारायणप्रसाद अधिकारी, क्लबका अध्यक्ष शुक्रराज अधिकारी, लायन्स क्लबका रिजन चियर पर्सन दीपेन्द्रप्रताप चन्द लगायतले सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी वानका डिपार्टमेन्ट को चिफ सुदीपराज ढुंगानाले लायन्स क्लब सामाजिक सेवा र मानवलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय संस्था भएको बताए । उनले अन्तर्राष्ट्रिय लायन्स क्लबमा विश्वका २ सय ११ देशका करिब १४ लाख व्यक्ति आवद्ध रहेको जानकारी दिए ।

राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका प्रधानाध्यापक केशव पौडेलले विद्यालयमा कक्षा ६ देखि १० सम्म अंग्रेजी, नेपाली सामाजिक, गणित र संस्कृति विषयको पढाइ हुन गरेको बताए । उनले सरकारी दरबन्दी नभएकाले दाताबाट नै विद्यालय संञ्चालनहुँदै आएको बताए । पौडेलका अनुसार विद्यायलमा २५ जना विद्यार्थी छन् । संस्कृत विद्यालयलाई सरकारले दिने केही अनुदान रकम वार्षिक रुपमा आएपनि विद्यालय सञ्चालनका लागि प्रर्याप्त नभएको बताए ।

लायन्स क्लब अफ पोखरा भ्युटानका अध्यक्ष शुक्रराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राधाकृष्ण वृद्धाश्रमका महन्त सखी शरण, लायन्स क्लबका रिजन चियर पर्सन दीपेन्द्रप्रताप चन्द, क्लबका संस्थापक अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्यामप्रसाद तिमिल्सेना, सचिव राधाकृष्ण घिमिरे लगायतले वृद्धाश्रम तथा लयान्स क्लबको बारेमा बोलेका थिए ।

क्लबले आफ्नो वार्षिक कार्यक्रम अनुसार सदस्यहरुबाट खर्च जुटाएर वृद्धाश्रममा सहयोग गरेको अध्यक्ष अधिकारीको भनाइ छ । अधिकारीका अनुसार क्लबले निकट भविश्यमा क्लबका गतिविधिसहितको स्मारिका प्रकाशन गर्ने तयारी समेत गरेको छ । कार्यक्रममा क्लबका सदस्यहरु, वृद्धाश्रमका वृद्धवृद्धा, संस्कृत विद्यालयका विद्यार्थी लगायत सहभागिता रहेको थियो ।

Previous Post

नेकपा एमालेको वडा नं २७ टोल कमिटि गठन

Next Post

युनाईटेड क्लवद्धारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डस्विन वितरण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
युनाईटेड क्लवद्धारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डस्विन वितरण

युनाईटेड क्लवद्धारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डस्विन वितरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?