लेखनाथ, १० पुस ।
अखिल नेपाल महिला संघ पोखरा महानगरपालिका वडा नं २६ को प्रथम भेलाले प्रमिला बरालको अध्यक्षतामा ५५ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
नेकपा एमालेको भातृ संगठनका रुपमा रहेको अखिल नेपाल महिला संघ पोखरा महानगरपालिका वडा नं २६ का महिलाहरुको भेलाले सर्वसम्वत रुपमा वराललाई अध्यक्षमा चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा सरस्वती गुरुङ, सचिवमा सरस्वती ढुगाना, कोषध्यक्षमा कुन्ता शर्मा लगायत ५५ सदस्यीय नयाँ समिति चयन गरेको हो ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीले महिला अधिकार स्थापित गराउन नेकपा एमालेले खेलेको भुमिकालाई ग्रामिण तह सम्म पु¥याएर पाटीलाई मजभुत बनाउन महिलाले अभियान नै संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।
सोही अवसरमा अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य प्रभा कोईरालाले महिलाहरुको सामुहिक एकताले मात्र पाटीका गतिविधीहरु अगाडी बढ्ने भएकाले आगामी दिनमा हुन लागेको निर्वाचनमा महिलाले सक्रियताका साथ अभियानमा लाग्नु पर्ने धारणा व्यक्त गरेका थिए ।
नेकपा एमाले पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष रामचन्द्र तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघ कास्की जिल्ला कमिटिकी अध्यक्ष शुसिला पराजुली, महानगर सदस्य तारा शर्मा ढकाल, वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बराल र वडा सचिव सुर्य प्रसाद ढुगाना लगाएतले आ–आफनो धारणा व्यक्त गरेका थिए ।
Discussion about this post