• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ पत्रकारिता पुरस्कार बराललाई

Lekhnath Khabar by Lekhnath Khabar
December 25, 2021
in समाचार, स्थानीय
0
0
SHARES
129
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ९ पुस । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष समाधान राष्ट्रिय दैनिकका लेखनाथ सम्वाददाता भीमपाणि बराललाई सम्मान गरिने भएको छ ।

समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एक जनालाई ११ हजार १११ रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मान गरिदै आएकोमा यस वर्ष बराललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको  हो ।

मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल,लेखनाथ उद्योग वाण्ज्यि संघका  अध्यक्ष छत्रधर आत्रेय, पोखरा महानगरपालिकाका प्रतिनिधि राममणि अधिकारी, पुर्व पुरस्कृत ब्यक्तिहरु मध्येबाट रामप्रसाद तिमिल्सेना रहेको छनौट समितिले यस वर्ष बराललाई उक्त पुरस्कारका लागि छनौट गरेको हो ।

वि सं २०३२ साल असारमा पिता लक्ष्मीभक्त बराल र माता अम्बिका वरालको कोखवाट छ दाजुभाईमा ठुलो कान्छाको रुपमा जन्मिएका बराल स्नातक तहसम्मको अध्यान पूरा गरी वि सं २०५५ सालमा पोखरा हटलाईन बाट पत्रकारिताा सुरु गरी आदर्श समाज दैनिक हुदै हाल समाधान राष्ट्रिय दैनिकको लेखनाथ सम्वाददाताको रुपमा कार्यरत छन् । पत्रकारिताको शिलशिलामा रेडियो वाराही,माछापुच्छ«े् एफ एम र रेडियो अन्नपूर्णमा समेत कामको अनुभव सँगालेका उनलाई राष्ट्रिय समाचार समितिमा समेत आवद्ध हुने अवसर समेत प्राप्त भएको थियो ।

काममा लगनशीलता,इमान्दारिता र निरन्तरातालाई मध्यनजर राख्दै अगाडि वढेकासकरात्मक सोचका धनी बराल लेखनाथ पत्रकार मञ्चका संस्थापक अध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् ।

२०५५सालदेखि निरन्तर रुपमा कार्यरत उनले लेखनाथका विकास निर्माण, यहाँका साहित्यिक पर्यटनका विविध पक्षलाई चिनाउदै लेखनाथ क्षेत्रका समाचार सम्प्रेषण गरिरहेका छन् ।

विभिन्न सामाजिक संघ सस्था आवद्ध हँुदै नेपाल पत्रकार महासंघ कास्कीको पुर्व कार्यसमितिको सदस्य र राष्ट्रिय पार्षद समेतको जिम्मेवारी वहन गरिसकेका बराल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने गजेन्द्र भण्डारी सृजनशील पत्रकारिता पुरस्कारबाट सम्मानित  भैसकेका छन् ।

वि सं २०७३ साल देखि निरन्तर रुपमा ११ हजार एक सय ११ रुपैया राशीको यो पुरस्कार यस अघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बसन्तराज अधिकारी , वासुदेव पौडेल र परशुराम शर्माले प्राप्त गरिसकेका छन् ।

यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार  पुस १५ गते कवि शिरोमणि लेखनाथ पौडेलको जन्मजयन्तीको मुल समारोह अर्घौ अर्चलेमा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

Previous Post

जनताको हितका लागि प्रदेश सरकार तत्पर छ : शहरी विकास मन्त्री खड्का

Next Post

लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्षमा भुर्तेल

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्षमा भुर्तेल

लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्षमा भुर्तेल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?