रामशरण नेपाली
लेखनाथ, ९ पुस ।
गण्डकी प्रदेश सरकारका भौतीक पुर्वाधार मन्त्री कुमार खड्काले जनताको हितका कार्य गर्न प्रदेश सरकार सदैव तत्पर रहेको वताएका छन ।
रुपाताल तमु समाजले पोखरा–३२ खोलाको छेउमा आयोजना गरेको चौथो साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, भेट्रान्स भलिबल प्रतियोगिता एवं ब्याडमिन्टन प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो वताएका हुन ।
गण्डकी प्रदेश प्राकृतिक सुन्दरता जस्तै कला संस्कृतिको हिसाबले पनि धनि रहेको वताउँदै यसको संरक्षणको लागी प्रदेश सरकार हातेमालो गरेर अघि वढ्न तयार रहेको उनले वताएका हुन ।
कला संस्कृतिको संरक्षण सँगै खेलकुद र विकास निर्माणमा संस्थाले गर्दै आईरहेका कार्यहरुको प्रशंसा गर्दै मन्त्री खड्काले अन्य सामाजीक संस्थाहरुले पनि यसको अनुसरण गर्नुपर्ने वताएका थिए ।
कार्यक्रममा लोकतान्त्रीक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुनले खेलक्षेत्र निरन्तर क्रियाशील र चलायमान हुन आवश्यक रहेको बताउँदै खेलकुद क्षेत्रमा देखिएका चुनौतीलाई अवसरको रुपमा लिएर खेलक्षेत्रको विकासका लागि क्रियाशिल हुनुपर्ने वताएका थिए ।
संस्थाका अध्यक्ष चेस बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव भिम बहादुर गुरुङले गरेका थिए ।
भलिबलमा एजु युथ क्लव र नव किरणको विजयी शुरुवात
शुक्रबार नै सम्पन्न भलिबलतर्फको उद्घाटन खेलमा एजु युथ क्लव ढुंगेपाटनले विजयी शुरुवात गरेको छ । जन कल्याण युथ क्लवलाई २२–२५ र २४–३६ को सोझो सेटमा हराउँदै ढुंगेपाटनले विजयी यात्रा तय गरेको हो ।
यस्तै शुक्रबार नै भएको दोश्रो खेलमा नव किरण युथ क्लव दमौलीले आयोजक रुपाताल तमु समाज बि लाई १५–२५ र २४–३६ ले हराएको छ ।
भलिबल तर्फका बाँकि खेलहरु एवं व्याडमिन्टन प्रतियोगिता शनिबारबाट हुने आयोजकले जनाएको छ ।
Discussion about this post