• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मनोरञ्जन

विद्यालय नाटक महोत्सवमा १६ नाटक छनोट

Lekhnath Khabar by Lekhnath Khabar
December 24, 2021
in मनोरञ्जन, समाचार
0
0
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

राजाराम पौडेल÷पोखरा ९ पौष

पोखरा थिएटरले आयोजना गरेको दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सवका लागि १६ नाटक छनोट भएका छन् । महोत्सवको लागि प्राप्त कुल २४ नाटक मध्येबाट १६ नाटक पहिलो चरणमा छनोट गरिएको महोत्सव संयोजक समेत रहका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो । ‘नाटकको विषयवस्तु, भाषाशैली, संवाद, प्रस्तुती आदिलाई आधार मानेर छनोट कमिटिले १६ नाटकलाई छनोट गरेको हो’ उहाँले भन्नुभयो ।

उत्कृष्ट नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो । जसको सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहनुभएको छ ।

अब छनोटमा परेका नाटकहरुलाई १५ दिनको रिहर्सल (पूर्वाभ्यास) अवधि उपलब्ध गराइने छ । त्यस पछाडि छनोट कमिटिले नाटकको अवलोकन गर्ने छ । अवलोकन पछाडि १० नाटकलाई अन्तिम चरणमा छनोट गरिने आयोजकको तयारी छ । यसरी छनोट भएका नाटक आगामी माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ ।

पहिलो चरणमा कास्की जिल्लाबाट तीन नाटक छनोटमा परेका छन् । जसमा मनोज अधिकारीको लेखन तथा सोनिया कार्की खत्रीको निर्देशनमा भानुभक्त आवसीय माध्यमिक विद्यालयको शान्तिको अशान्ति शिर्षकको नाटक, आर्या मिश्रको लेखन तथा निर्देशनमा गण्डकी बोर्डिङ्ग स्कूलको पिडा शिर्षकको नाटक र सुनिता ज्ञवालीको लेखन तथा निर्देशनमा धर्मस्थली आधारभूत विद्यालयको आरोह अवरोह शिर्षकको नाटक रहेका छन् ।

तनहुँ जिल्लाबाट दूई नाटक छनोटमा परेका छन् । टुकादेवी पौडेलको लेखन तथा निर्देशनमा पञ्चमुनिदेव माध्यमिक विद्यालयको नाम बिनाको चिर्कटो र आकाश अधिकारीको लेखन तथा नारायणी अधिकारीको निर्देशनमा आदिकवि भानुभक्त क्याम्पसको समय संवाद शिर्षकको नाटक रहेका छन् ।

लमजुङ जिल्लाबाट तीनवटा नाटक छनोटमा परेका छन् । जसमा भरत रानाको लेखन तथा निर्देशनमा युनिभर्सल एकेडेमीको धनवहादुर शिर्षकको नाटक, मिरा नेपालीको लेखन तथा प्रतिभा अधिकारीको निर्देशनमा शैलपुत्री नमुना माध्यमिक विद्यालयको नारीको सम्मान मानवताको पहिचान शिर्षकको नाटक र सुर्य बहादुर के.सी.को लेखन तथा पशूपति न्यौपानेको निर्देशनमा विद्याज्योति माध्यमिक विद्यालय सुन्दरबजारको जीउँदालाशहरु शिर्षकको नाटक रहेका छन् ।

यसैगरी गोरखाबाट अनिता देसाईको लेखन तथा सुरेन्द्र देवकोटा नाट्य रुपान्तरण एवं निर्देशनमा शक्ती माध्यमिक विद्यालयको एक समर्पित छोरा शिर्षकको नाटक छनोटमा परेका छन् ।

नवलपुर जिल्लाबाट चारवटा नाटक छनोटमा परेका छन् । जसमा लिलाबहादुर भण्डारीको लेखन तथा निर्देशनमा कुमारी प्रा.वि.को हराएको खुशी, डिला भट्टराई, लक्ष्मी सापकोटा र विष्णु काफ्लेको लेखन तथा सृष्टि भट्टराईको निर्देशनमा सरस्वती माध्यमिक विद्यालयको असलबुहारी, खगराज सापकोटाको लेखन तथा निर्देशनमा त्रिभुवन माध्यमिक विद्यालयको जिम्मेवार को ? र अनामिका सापकोटाको लेखन तथा कमला कँडेलको निर्देशनमा बरचुली माध्यमिक विद्यालयको सक्षम छात्रा शिर्षकको नाटक रहेका छन् ।

म्याग्दी जिल्लाबाट बेनी सामुदायिक माध्यमिक विद्यालयको बाल विवाह शिर्षकको नाटक छनोट भएको छ । कर्ण बस्यालले लेखेको यस नाटकलाई रामचन्द्र पौड्यालले निर्देशन गर्नु भएको छ ।

बाग्लुङ जिल्लाबाट कालीगण्डकी आवासीय माध्यमिक विद्यालयको विदेशिनु पर्दाको पिडा शिर्षकको नाटक छनोट भएको छ । जीवननाथ शर्मा रेग्मीको लेखन तथा अर्जुन थापाको निर्देशनमा यो नाटक तयार भएको छ ।

यस्तै पर्वत जिल्लाबाट न्यु होराइजन आवासीय माध्यमिक विद्यालयको मेरो समाजमा नारी शिर्षकको नाटक छनोटमा परेको छ । मिना रेग्मीको लेखन रहेको नाटकलाई रेजिना मल्लले निर्देशन गर्नुभएको छ ।

‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना गरिएको महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एंव नेपाल सङ्गीततथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र पोखरा प्रज्ञा–प्रतिष्ठानपोखराले सहकार्य गरेका छन् ।

गएको वर्षदेखि पोखरा थिएटरले गण्डकी विद्यालय स्तरिय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । त्यसभन्दा अगाडि थिएटरले पोखरा महानगरपालिका स्तरिय नाटक महोत्सव समेत आयोजना गरेको थियो ।

Previous Post

वनलाई आम्दानीसँग जोड्नका लागि कानूनी प्रकृया सहज बनाईने–मन्त्री थापा

Next Post

दीपशिखा सामुदायिक पुस्तकालयमा नयाँ नेतृत्व

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
दीपशिखा सामुदायिक पुस्तकालयमा नयाँ नेतृत्व

दीपशिखा सामुदायिक पुस्तकालयमा नयाँ नेतृत्व

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?