लेखनाथ, ९ पुस ।
दीपशिखा सामुदायिक पुस्तकालय पोखरा २९ को १४ औं बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि कृष्णहरि भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा निर्मला पौडेल,सचिवमा पदम प्रसाद अधिकारी,सह सचिवमा संकर प्रसाद पौडेल र कोषाध्यक्षमा माधव भण्डारी रहनु भएको छ ।
यसैगरि समितिको सदस्यहरुमा कमला भण्डारी,सुवेदार चन्द्र बहादुर गुरुङ,विश्वराज पौडेल,बुद्धिमायाँ थापा मगर,मिन कुमारी डल्लाकोटी र मञ्जु वि क रहनु भएको छ ।
यसअघि कार्यक्रमको ल्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष चेतवहादुर गुरुङले पुस्तकालयलाई समय सुहाउदो प्रविधी मैत्री बनाउनका लागि आधुनिक प्रणालीबाट इ लाईवेरीका रुपमा विकास गराउदै दिपशिखा पुस्तकालयलाई महानगर कै सुचना केन्द्रका रुपमा विकास गराउन सकिनेमा जोड दिनु भएको थियो ।
यसैगरि लेखनाथ नगरपालिका सस्थापक नगर प्रमुख शालिकग्राम पौडेलले पुस्तकालयमा पुस्तक छन् तर पाठक नहुदाँ पछाडी परेको प्रशंग उठाउदै समयको माग अनुसार सुचना र प्रविधीलाई सहज बनाउनु पर्ने सुझाव राख्नु भएको थियो ।
कार्यक्रममा सस्थापक अध्यक्ष ईश्वर बहादुर हमाल, सदस्य दिपकमणि भण्डारी र पाठकहरुको तर्फबाट राधव वस्नेत सवै पाठकलाई समेटने गरि पुस्तकालयले समय सापेच्यका पुस्तकहरुको ब्यवस्था गर्न सके ज्ञान र सिपको विकास हुने धारणा राख्नु भएको थियो ।
सस्थाका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक दिपकमणि भण्डारी र कार्यक्रम संचालन सचिव पदम प्रसाद पौडेलले गरेका थिए ।
Discussion about this post