लेखनाथ ६ कार्तिक / नेपाल कम्युनिस्ट पार्टी एमालेको १० औं महाधिवेशन अन्तर्गत शनिबार देशका अधिकांश वडा हरुमा वडा अधिवेशन सम्पन्न भैसहेको छ भने केही वडा हरुमा अर्को मिति तोकिएको छ। नयाँ नेतृत्वमा ५ हजार भन्दा बढी वडाहरुमा सर्वसम्मत बनेको छ।
यसै क्रममा साविक लेखनाथ अन्तर्गत पोखरा महानगरपालिका वडा नं २७ मा सुर्यमणी लामिछाने, वडा नं २८ मा रामकृष्ण तिवारी, वडा नं २९ मा प्रमोद भण्डारीलाई सर्वसम्मत गरेको छ। त्यस्तै वडा नं ३० मा कृष्ण अधिकारी, वडा नं ३१ मा चिरञ्जीवी बन्जरा, वडा नं ३२ मा चिरञ्जीवी तिवारीलाई निर्वाचित गरेको छ।
थापाथली स्थित एमाले केन्द्रीय कार्यालय बाट अध्यक्ष केपि शर्मा ओलिले उद्घाटन गरेपछी देश व्यापी रुपमा बडा अधिवेशन शुरु भएको थियो। पालिका कमिटीका अधिवेशन हरु ९ गते हुने छन्। एमालेले मंसिर १०-१२ गते चितवनमा १० औं महाधिवेशन गर्दैछ।
Discussion about this post