कार्तिक ७ ,लेखनाथ ।
जयकालिका प्लाष्टिक उद्योग ५ औं वर्षमा प्रवेश गरेको छ। पोखरा ३२ मा उद्योग स्थापना गरि संचालनको छोटो समयमै जेके वाटर ट्यांक उत्पादन गरेको उद्योगले आईतवार चौथो वर्ष पूरा गरि पांचौं वर्षमा प्रवेश गरेको हो।
उद्योगले दैनिक २ सय देखि २ हजार लिटर क्षमताका ट्यांकी उत्पादन गर्दै आईरहेको छ भने कुल दैनिक क्षमता ३० हजार लिटर रहेको उद्योगका निर्देशक रमेश खांड ठकुरीले लेखनाथ खवर लाई जानकारी दिएका छन्।

शत प्रतिशत फुड ग्रेड कच्चा पदार्थको प्रयोग गरि ग्राहकको चाहना अनुसारका कलर र साईजमा उद्योगले जेके ट्यांक उत्पादन गरिरहेको छ।
पोखरा, बेनि, बाग्लुङ, कुस्मा, स्याङ्जा, वालिङ्, गोर्खा, बेसिसहर, धादिङ, नुवाकोट, काठमाडौं, कावासोती, नवलपरासी सहित देशका १०० भन्दा बढी डिलर नेटवर्क बाट उत्पादन बिक्री गर्दै आएको उद्योगले आगामी दिनमा देशको पुर्व तथा पश्चिममा समेत डिलर नेटवर्क बढाउने लक्ष लिएको निर्देशक ठकुरीले बताएका छन्।
आक्रमक बजार बिस्तारमा रहेको कम्पनीले आफ्ना उत्पादनको बजार माग उच्च रहेकोले फास्ट ट्र्याक बाट ग्राहक समक्ष पठाउने रणनीति समेत लिएको छ।
जयकालिका प्लाष्टिक उद्योगले सनस्ट्रोम वाटर हिटर सँगै जेके ट्याङक, युपिभिसीको झ्याल ढोकाहरुको उत्पादन र विक्रि गर्दै आईरहेको छ ।








Discussion about this post