लेखनाथ ६ कार्तिक / नेपाल कम्युनिस्ट पार्टी एमालेको १० औं महाधिवेशन अन्तर्गत शनिबार देशका अधिकांश वडा हरुमा वडा अधिवेशन सम्पन्न भैसहेको छ भने केही वडा हरुमा अर्को मिति तोकिएको छ। नयाँ नेतृत्वमा ५ हजार भन्दा बढी वडाहरुमा सर्वसम्मत बनेको छ।
यसै क्रममा पोखरा महानगरपालिका वडा नं २७ मा सुर्यमणी लामिछानेको नेतृत्वमा ४४ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ। कमिटीको उपाध्यक्षमा टोउ बहादुर गुरुङ, सचिबमा सुबिन तिमिल्सिना, उपसचिवमा क्रमश सुस्मिता खड्का सुनार र घनश्याम ढुंगाना सहित ३९ सदस्य समेत निर्वाचित बनेका छन्।
थापाथली स्थित एमाले केन्द्रीय कार्यालय बाट अध्यक्ष केपि शर्मा ओलिले उद्घाटन गरेपछी देश व्यापी रुपमा बडा अधिवेशन शुरु भएको थियो। पालिका कमिटीका अधिवेशन हरु ९ गते हुने छन्। एमालेले मंसिर १०-१२ गते चितवनमा १० औं महाधिवेशन गर्दैछ।
Discussion about this post