रामशरण नेपाली
कार्तीक ६, लेखनाथ ।
लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा प्रेम बहादुर थापा निर्वाचित भएका छन । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा एवं दोश्रो अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा भिम बहादुर नेपाली (काईला), उपाध्यक्षमा भविन्द्र पुन, सचिवमा जिवन परियार, सह–सचिवमा एक बहादुर नेपाली, कोषाध्यक्षमा रविलाल सुवेदीलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा बुद्धि बहादुर बस्याल, दान बहादुर नेपाली, तिलक बहादुर नेपाली, मंगल कामी र साजन तामाङ रहेका छन ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. २९ का अध्यक्ष चेत बहादुर गुरुङ्गले निर्माण व्यवसायीहरुले घर निर्माण गर्ने क्रममा सरकारी मापदण्डलाई ख्याल गर्न सकेको खण्डमा निर्माण व्यवसायी एवं घरधनी समेतलाई झन्झट नहुने र सुरक्षालाई मध्यनजर गर्दै भुकम्प प्रतिरोधी संरचना बनाउनुपर्नेमा जोड दिए ।
उक्त अवसरमा वडाध्यक्ष गुरुङ्गले आउँदै गरेको दिपावली, छठ, नेपाल सम्वत एवं ल्होसार पर्वको शुभकामना व्यक्त गर्दै चाडबाड तडकभडक रुपमा नभई संस्कृति र परम्परा जोगाउने हिसाबले मनाउनुपर्ने वताएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथी एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेयले निर्माण कार्यमा सरकारले तोकेका मापदण्डहरुको विषयमा प्रश्न उठाउदै कतिको उचित छन भन्ने विषयमा सोच्न आवश्यक रहेको वताएका थिए ।
उनले पहिले कायम गरिएका मापदण्डहरु आजभोली मिच्न थालिएको वताउँदै दिर्घकालीन रुपमा व्यवस्थीत हुने गरी मापदण्डको निति लागु गरिनुपर्ने वताएका थिए । निर्माण व्यवसायी र उद्योग वाणिज्य संघ विच आत्मीय सम्बन्ध रहँदै आएको वताउँदै स्थानीय सरकारसँग समन्व गरी व्यवसायीका समस्या समाधान गर्न संघमार्फत पहल गर्नुपर्ने वताएका थिए ।
यस्तै नागरीक परोपकार समन्वय संस्थाका अध्यक्ष राजेन्द्र ओझाले निर्माण व्यवसाय सबैभन्दा धेरै रोजगार सिर्जना गर्ने क्षेत्र भएको र यसले देशको आर्थिक तथा सामाजीक विकासमा महत्वपुर्ण भुमिका खेल्ने वताएका थिए ।
कार्यक्रममा संस्थामा पुर्व अध्यक्ष किसान गुरुङ्ग, फर्निचर व्यवसायी समिति लेखनाथका यज्ञ बहादुर गुरुङ्ग लगायतले समितिमा आवद्ध व्यवसायीहरुलाई आफ्नो व्यवसायीक हकहितका लागी एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष राम बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य जिवन कुमार परियारले सञ्चालन गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष प्रेम बहादुर थापाले गरेका थिए ।
Discussion about this post