कार्तीक ६, लेखनाथ ।
लायन्स क्लव अफ लेखनाथ सेभन लेक सिटीले शनिवार आयोजना गरेको खुल्ला रत्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा पहिलो रत्तदाता राजु बराललाई बल्ड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वराल ले हुनेले नहुनेलाई सहयोग गर्नु भनेको लायन्सको शिद्धान्त भएकाले लायन्सको अभियानलाई ग्रामिण तहसम्म पु¥याउनु पर्ने धारणा व्यक्त गरेका थिए ।
सोही अवसरमा लायन्स क्लवका डिपार्टमेण्ट चिफ सुर्यनारायण बरालले रगतको विकल्पमा अरु कुनै वस्तु नहुने भएकाले स्वच्छ मानिसले तीन–तीन महिनामा रत्तदान गर्दा शरिरमा राम्रो हुने सुझाव दिएका थिए ।
लायन्स क्लव अफ लेखनाथ सेभन लेक सिटीका अध्यक्ष बद्रीनाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लियो जिल्ला परिषद ३२५ वी १ नेपालका उपाध्यक्ष योगेश गौतम, लियो क्लव अफ लेखनाथका पुर्व अध्यक्ष राजन ढुंगाना, बुढिवजार बजार ब्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारी लगायतले रत्तदानको महत्व र उपयोगीताका बारेमा जानकारी गराएका थिए ।
लायन्स क्लव अफ लेखनाथ सेभेन लेक सिटीका सचिव सुजन गहतराजले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक अमृत बरालले व्यक्त गरेका थिए ।
Discussion about this post