हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालीहरुको महान चाड बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधुमाया अधिकारीको प्रमुख आतिथ्यतामा सहकारीले शुक्रबार शुभकामना आदानप्रदान गरेको हो ।
कार्यक्रममा सहभागिहरुले बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वहरुको शुभकामना आदानप्रदान गरेका थिए । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड१९) को जोखिम कायमै रहेकाले सामाजिक दुरी कायम गर्दै मास्क, सेनिटाइजरको आवश्यक्ता अनुसार प्रयोग गर्दै चाँडपर्व मनाउन आग्रह गरे ।
कार्यक्रममा नव आगन्तुक सेयर सदस्यहरुलाई स्वागत गर्दै सेयर प्रमाण पत्र वितरण गरिएको थियो । त्यस्तै हालसालै मात्र जागिरबाट विदा भएका कर्मचारीलाई सम्मानसहित विदाई गरिएको थियो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री मधुमाया अधिकारीले सहकारीले समाजवादी व्यवस्था ल्याउन भूमिका खेल्नुपर्ने बताईन् । पुँजी निर्माणसँगै उत्पादनमा जोड दिएर सहकारीले समाजवादी व्यवस्था ल्याउन भूमिका खेल्नसक्ने उनको भनाई थियो । मन्त्री अधिकारीले कास्कीलाई चाँडै १८ वर्ष माथिकाहरुको पूर्ण खोप जिल्ला बनाईने बताईन् । सोहि अभियान अन्तर्गत अहिले कास्कीमा १८ वर्ष माथिकालाई खोप लगाईरहेको उनको भनाई छ ।
सहकारीका अध्यक्ष शुक्रराज कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीकी अध्यक्ष सावित्री कोइराला, सहकारीका संस्थापक अध्यक्ष गिरीप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा, सल्लाहकार राधिका शाही योगी, नवीनकिरण भुषाल, रिलाईन्स फाईनान्सका प्रबन्धक प्रकाश पौडेल, सहकारीका उपाध्यक्ष सुवास ढुंगाना, सचिव लोकेन्द्रकुमार राईलगायतले बोलेका थिए ।
सहकारीले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथलाई स्वास्थ्य उपकरण, महानगर विपद ब्यबस्थापन कोषमा २५ हजार १ सय ११ रुपैयाँ, सहकारीका सम्पूर्ण सेयर सदस्यहरुलाई निशुल्क कोरोना विमा, विभिन्न सार्वजनिक ठाउँमा निःशुल्क मास्क वितरणलगायतका काम गर्दै आएको छ ।
Discussion about this post