• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

दुई महिना पछी कार्यकक्षमा जिसि, उप-प्रमुखलाई कार्यवाहकको जिम्मेवारी

Lekhnath Khabar by Lekhnath Khabar
October 11, 2021
in समाचार, स्थानीय
0
0
SHARES
216
VIEWS
Share on FacebookShare on Twitter

 

पोखरा, २५ असोज

गत साउन १ गते बिरामी हुनु भएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी सोमबार कार्यालय आउनुभएको छ । मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं जानु भएका प्रमुख जिसी शनिबार पोखरा आउनु भएको हो । सोमबार कार्यालय पुगेर प्रमुख जिसीले नेपालीहरुको महान पर्व दसैं लगायत अन्य चाडपर्वहरुको अवसरमा नगरवासी तथा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडपर्व मनाउन आग्रह गर्नुभएको छ । ‘चाडपर्वहरु अर्को वर्ष पनि आउँछन्,’ जिसीले भन्नुभयो,‘स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन आग्रह गर्दछु ।’ उहाँले स्वास्थ्यमा कुनै समस्या भएमा महानगरका स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा स्वास्थ्य जाँच गराउन आग्रह गर्नुभएको छ ।

जिसीले आफ्नो स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा आभार व्यक्त गर्नुभएको छ । उपचारमा सम्लग्न चिकित्सक लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा धन्यवाद दिनुभएको छ । करिब १ घण्टा कार्यालयमा रहनु भएका जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई अनुरोध गर्नुभएको छ । आफू पनि पूर्ण रुपमा निको भएर छिट्टै काममा फर्किने विश्वास जिसीले त्यस अवसरमा व्यक्त गर्नुभयो ।

कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई

महानगर प्रमुख जिसीले उपप्रमुख मञ्जुदेवी गुरुङलाई कार्यवहाक प्रमुखको जिम्मेवारी दिनु भएको छ । जिसीले कार्यालय नआउँदासम्म कार्यवहाक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा कार्यवहाक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई दिनुभएको हो ।

महानगर प्रमुख जिसी कार्यालयमा पुग्दा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, सचेतकद्वय शोभामोहन पौडेल, रामराज लामिछाने, प्रवक्ता धनबहादुर नेपाली, वडाअध्यक्षहरु तथा विभिन्न महाशाखा प्रमुख तथा कर्मचारीहरुले पुष्ष्पगुच्छासहित स्वागत गर्नुभएको थियो ।

Previous Post

चाडपर्व हरुको अवसरमा हाम्रो सहयोगी द्वारा शुभकामना आदानप्रदान

Next Post

कास्किको घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको मृत्यु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
कास्किको घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको मृत्यु

कास्किको घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको मृत्यु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?