उत्तम सुनार
असोज २४, पोखरा । दलित महिला संघ कास्कीले कोरोना महामारीका कारण दलित महिलाहरुमा पारेको प्रभावबारे अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न गरेको छ । कार्यक्रममा महामारीका कारण दलित महिलाहरुमा परेको असरबारे एक प्रतिवेदन प्र्रस्तुत गरिएको थियो ।
प्तिवेदनमा उल्लेख भए अनुसार देशभरको १९ जिल्लामा करिब २६५ जना दलित महिलाहरुमा गरिएको अध्ययनमा कोरोना महामारी र लकडाउनका कारणले सबैभन्दा बढि दलित समुदाय र त्यसमा पनि महिलाहरु बढि प्रभावित भएको निष्कर्ष निकालिएको छ ।
महामारीको समयमा महिलाहरुमा कामको अत्याधिक भार पर्नुका साथै दैनिक रोजगारी गरिरहेका सयौँ महिलाहरु जागिरबाट निकालिनु परेको समेत देखाईएको छ । उत्त समयमा सरकार तथा विभिन्न निकायहरुबाट वितरण गरिएको राहत वास्तबिक प्रभावितहरु सम्म नपुगेको पनि निष्र्कष अध्ययनले निकालेको छ ।
अध्ययनका अनुसार ५.६ प्रतिशत महिलाहरुलाई कोरोनाको बारेमा सामान्य जानकारी पनि नभएको देखाएको छ । महामारीको समयमा जम्मा ४८ प्रतिशतले मात्र राहत पाएको देखाएको छ ।
कार्यक्रमका संयोजक खेमराज बिश्वकर्माले कार्यक्रमको बारेमा प्रकाश पार्नुका साथै अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै पोखरा स्वास्थ्य महाशाखाका प्रतिनिधि फुलदेव तिमिल्सिनाले कोरोनाको परिचय यसबाट बच्ने उपाय र पोखरामा यस्को अवस्थाबारे जानकारी गराएका थिए ।
संस्थाकी अध्यक्ष सुमित्रा गायकको को अध्यक्षतामा सम्पन्न कार्यक्रममा फेडोका संस्थापक सल्लाहकार जिवन खातिले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सह—सचिव सरस्वती परियारले गरेकी थिईन ।
Discussion about this post