पोखरा । पोखरा २९ नौविसेमा त्रिदिवसीय सरसफाइ तथा चाडपर्व शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय नौविसे ओख्ले डाँडा टोल विकास संस्थाले आप्mनो वार्षिक कार्ययोजना अनुसार टोल सरसफाई गरेको र यसलाई आगामी समयमा मासिक रुपमा निरन्तरता दिने सचिव बिष्णुप्रसाद लामिछानेले बताएका छन् ।
उक्त टोल क्षेत्रमा जथाभावी फालिएका प्लाष्टिकजन्य वस्तुहरु संकलन गर्नुका साथै अन्य फोहोरजन्य वस्तुको वर्गीकरण गरी व्यवस्थापन गरिएकोअध्यक्ष प्रमोदकुमार पौडेलले वताए ।
कार्यक्रम सम्पन्न गर्न स्थानीय शान्ता पौडेल ,मेघनाथ मराशिनी र दिपक सापकोटा रहेको उपसमिति सकृय रहेको थियो ।कार्यक्रममा वडासदस्य,टोल समितिका पदाधिकारी, स्थानीय वासिन्दाले सहभागिता जनाएका थिए । कार्यक्रम सम्पन्न गर्न लागेको खर्च स्वतस्फुर्त रुपमा स्थानीयले नै जुटाएको सचिव लामिछानेले बताए ।
Discussion about this post