लेखनाथ । सनराईज क्लव पोखरा २६ ले आफ्नो साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा आइतवार राखेको पाँचौ खुल्ला रक्तदानमा ४३ युनिट रगत संकलन भएको छ । सिर्जना महिला समूह खेलकुद भवन परिसर अघौंमा राखिएको रक्तदानमा वडा नं २६ का वडासदस्य रामकृष्ण जिसीले पहिलो रक्तदाता महिला समुहकी कोषाध्यक्ष कमला न्यौपानेलाई बल्ड ब्याग हस्तान्तरण गरी सुरु गरेका थिए ।
कार्यक्रममा बोल्दै वडासदस्य जिसीले स्वच्छ र निरोगी भएर बाच्नका लागि तीन तीन महिनाको अन्तरमा रक्तदान गर्दा राम्रो हुने विचार राखेका थिए । रक्तसंचार केन्द पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदानको महत्व वताएका थिए । क्लवका अध्यक्ष राज बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष डुलबहादुर पु्नले गरेका थिए भने स्वागत मन्तव्य क्लबका कोषाध्यक्ष सुर्य नाथ न्यौपानेले राखेका थिए ।
क्लवको अधिवेशनले डुलबहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यस्तै उपाध्यक्षमा सूर्य नाथ न्यौपाने , सचिवमा बिनोद कार्की, सह सचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा इन्द्रबहादुर पुनलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा ईश्वरी जि. सी, शोभादेवी देवकोटा, हरिप्रिया पौडेल, नविन कार्की, शोकमणि सुवेदी,सोमबहादुर गुरुङ्ग र शुकराम विक रहेका छन् । निर्वाचन संयोजक रविन्द्रमोहन अधिकारीले आइतवार नै पदाधिकारीहरुलाई पदभार ग्रहण गराएका थिए ।
Discussion about this post