रामशरण नेपाली
असोज २४, लेखनाथ ।
नेकपा एकिकृत समाजवादीले पोखरा महानगरपालिका वडा नं। २७ मा वडा कमिटि गठन गरेको छ । शनिवार आयोजित कार्यकर्ता भेलाले सुधिरमणी लामिछानेको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटि गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा अम्बिका प्रसाद सुवेदी, सचिवमा गोविन्द लामिछाने, उप–सचिवमा मिना रानाघाट र भिष्मजी अधिकारी, सदस्यहरुमा किशोर तिमिल्सीना, लोकनाथ सापकोटा, शंकर भुजेल, सन्दिप सुनार लगायत रहेका छन ।
पार्टीका पोलीटब्यूरो सदस्य एवं पुर्व भुमीहिन आगोगका केन्द्रीय अध्यक्ष शारदा सुवेदीले केपी ओलीको प्रतिगामी र दक्षिणपन्थी विचलनका कारण तत्कालीन नेकपा र एमाले विभाजित हुन पुगेको भन्दै माधव नेपालको नेतृत्वमा वृहत समाजवादी केन्द्र निर्माणको दिशामा अघि बढ्ने लक्ष्यसहित नेकपा एकीकृत समाजवादी पार्टी अगाडि वढेको वताईन ।
यस्तै जिल्ला कमिटि कास्कीका उप–सचिव एवं युवा संघका केन्द्रीय उपाध्यक्ष पुर्ण लामाले लोकतन्त्र संविधानको रक्षाको निम्ति र स्वाभिमान बचाउन नेकपा एस लागेको बताए । लामाले देशको सविधान र पार्टीको विधान लाई लत्यायर अघि बढेको काम प्रति विरोध गर्दै ईमान्दार भएर पार्टीलाई बलियो बनाएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
जिल्ला कमिटि सदस्य एवं वडा नं। २७ का सह–ईञ्चार्ज शिव प्रसाद भण्डारीले पार्टीको विधान र पद्वतिलाई कुल्चेर अगाडि बढेकोले आज यसरी अगाडि बढ्नु पर्ने स्थिति आएको बताएका थिए ।
कार्यक्रममा नेकपा समाजवादी पोखरा महानगरकमिटिका अध्यक्ष मुक्तिनाथ पौडेल, सचिवालय सदस्यहरु गणेश कार्की, एकानन्द वस्ताकोटी, पोखरा महानगर कमिटि सदस्य सुमन ढुंगाना, युवा पोखरा महानगरकमिटिका उपाध्यक्ष शालीक बराल, महानगरकमिटिका सदस्य नवराज देवकोटा, युवा संघ कास्कीका ईञ्चार्ज अशोक केसी, युवा संघका अध्यक्ष असिम गुरुङ, अखिल कास्कीका उपाध्यक्ष रवि तिमिल्सीना, नेपाली काँग्रेस वडा नं। २७ का उप–सभापती विश्वराज पौडेल, माओवादी केन्द्रका वडा नं। २७ का सचिव निर्मल पौडेल लगायतले बोलेका थिए ।
पार्टीका जिल्ला कमिटि सदस्य एवं वडा ईञ्चार्ज सन्तोष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह–ईञ्चार्ज शिव प्रसाद भण्डारीले गरेका थिए ।
Discussion about this post