• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ हार्डवेयर एशोसियसनको अध्यक्षमा जमरकट्टेल

Lekhnath Khabar by Lekhnath Khabar
October 10, 2021
in समाचार, स्थानीय
0
0
SHARES
114
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली, असोज २४, लेखनाथ । लेखनाथ हार्डवेयर एशोसियसनको अध्यक्षमा ऋषिराम जमरकट्टेल निर्वाचित भएका छन । एशोसियसनको शनिबार सम्पन्न आठौं वार्षिक साधारण सभा एवं पाचौं अधिवेशनले जमरकट्टेललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनबाट एशोसियसनको प्रथम उपाध्यक्षमा अर्जुन पँगेनी, द्धितीय उपाध्यक्षमा शिवराज अधिकारी(खुदी), महासचिवमा नवराज तिवारी, उप–महासचिवमा शिवराज अधिकारी(डाँडाको नाक), कोषाध्यक्षमा रमेश श्रेष्ठ, सदस्यहरुमा भोजराज अधिकारी, गम ब. सुनार र विराज गुरुङ्गलाई निर्वाचित गरेको छ ।

यस्तै नवनिर्वाचित कार्यमितिले मनोनित सदस्यहरुमा विजय न्यौपाने र विष्णु हमाल र सल्लाहकारहरुमा सञ्जय भटृराई र लक्ष्मण सुनारलाई चयन गरेको छ । बाँकि सल्लाहकार कार्यसमितिको पहिलो वैठकबाट मनोनित गरिने नवनिर्वाचित अध्यक्ष जमरकट्टेलले जानकारी दिए ।

निर्वाचित भएपछि अध्यक्ष जमरकट्टेलले जग्गाको व्यवस्थापन गरी संस्थाको आफ्नै भवन बनाउने, सवै हार्डवेयर व्यवसायीहरुलाई समेटेर सदस्य संख्या वृद्धि गर्ने, लेखा र करको विषयमा तालीममार्फत व्यवसायीक क्षमताको अभिवृद्धि गर्ने लगायतका महत्वकांक्षी योजनाहरु समेत सार्वजनीक गरेका छन ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले बेला बेलामा सरकारले गर्ने नितिगत परिवर्तनका कारण व्यवसायीहरुको लगानी जोखीममा पर्ने गरेको वताउँदै महासंघ मार्फत यस्ता समस्याहरुलाई समाधानको लागी पहल गर्ने वताएका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष समेत रहेका गिरीले एशोसियसनका अधिकांश सदस्यहरु संघको मुख्य भुमिकामा पनि रहने गरेको वताउँदै आउने दिनहरुमा संघसँग समन्वयको कमि नहुने भन्ने विश्वास व्यक्त गरेका थिए ।

लेखनाथ क्षेत्र निर्माणको हिसाबले भर्जिन ल्याण्ड भएको वताउँदै पर्याप्त सम्भावनाका विच एशोसियसनका व्यवसायीहरुले उल्लेख्य फड्को मार्न सकुन भन्ने शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु, सदस्यहरु एवं कर्मचारीहरुलाई बधाई ज्ञापन एवं सम्मान समेत गरिएको थियो ।

सम्मानीतहरुको तर्फबाट बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठले तालै तालको शहर भनेर चिनीएको लेखनाथमा तालहरुको अवस्था कस्तो छ भनेर ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

उनले लेखनाथ क्षेत्रमा व्यवसायीक सम्मृद्धिको लागी औधोगीक क्षेत्रको आवश्यकता रहेको वताउँदै प्रदेश सरकारसँग समन्वय गरेर ३३ नं. वडाको पुडिटारमा औधोगिक क्षेत्र स्थापना गर्ने विषयमा संघमार्फत पहल गर्ने वताएका थिए । उनले नवनिर्वाचित एशोसियसनका पदाधिकारी एवं सदस्यहरुको कार्यकाल ऐतिहासिक बन्न सकोस भन्ने शुभकामना समेत व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष ऋषिराम जमरकट्टेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष विजय गुरुङ्गले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव नवराज तिवारीले गरेका थिए ।

२०७१ सालमा स्थापना भएको हार्डवेयर एसोसियसन ७ औं वर्षसम्म आईपुग्दा हालसम्म लेखनाथ क्षेत्रका ७४ जना हार्डवेयर व्यवसायीहरु आवद्ध भएका छन ।

Previous Post

दोस्रो हिमाल एण्ड रक्षा मेमोरियल टोल कपको उपाधी टिम महादेबलाई

Next Post

पोखरा–२७ मा नेकपा एसको वडा कमिटि गठन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरा–२७ मा नेकपा एसको वडा कमिटि गठन

पोखरा–२७ मा नेकपा एसको वडा कमिटि गठन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?